कथा : सन्त्रास

~जानुका बराल~

पृथ्वी हुस्सुको बाक्लो च्यादरमा लपेटिँदै थियो । आकाश शीत लहरसँगै एकनासले रोइरह्यो । सिरेटो विजय उन्मादमा नाचिरहेकोले उसको ताण्डव सहेर बस्तीहरु कक्रिरहे । आँगन जोडिएका आठ दश घर सतारहरुको सानो बस्ती पनि यही कठ्यांग्रिनेहरुको सूचीमा पथ्र्याे । कुनै छानो ह्वाङ परेका त कुनै भित्ता खस्नै लागेका घरहरुको यो बस्ती लुग्लुग काँप्दै एकतमासले उत्तर क्षितिजतिर हेरेर टोल्हाइरहेको थियो ।

तुषारोको अक्षता छर्दै, मान्छेका मुटु कमाउँदै, घुम्लुङग हुस्सु ओढेर फेरि अर्को बिहान बस्तीको संघारमा चिहाउन आइपुग्यो । तन्नेरीहฟ पैँठेजोरी खेल्न तम्तयार थिए भने यो अनागरिकको बस्तीमा (अनागरिक यस अर्थमा कि यहाँ बस्ने कुनै पुस्ताका मानिसको पनि नागरिकता छैन ।) बालक तथा वृद्धहฟ सत्र ठाउँ तुनेको डफल्लो ओढेर गुँडुल्किरहेका थिए । सिरेटो खाएर बाहिर निस्कने हिम्मत कसैको थिएन ।

लुखी पनि घुँडामा हात लुकाएर एकै पोको परी ओछ्यानमै लेपास्सी रही । आँखा अघि नै खुलेका भए तापनि तुरुन्तै उठ्न उसले जाँगर देखाइन । आलस्यको झ्यालखानमा ऊ बन्दी झैँ भएर पल्टिरहेकी थिई । अचानक पतकर बालेको धूवाँको गन्ध उसको नाकले चाल पाउँछ । ऊ अलिकति ओढ्ने पन्साएर बाहिर चिहाउँछे । छिमेकीकहाँ घुर बालिसकेका रहेछन् । मन नमान्दा नमान्दै पनि ऊ अति प्यारो ओछ्यानबाट उठेर बाहिर निस्कन्छे । चिसो उसको मुटुसम्म पुग्छ । ऊ उत्ताउलिएर आफूलाई स्पर्श गर्न आइपुगेको सिरेटोको रौद्ररुप देखेर थर्थरी काँप्छे । दुवै दन्तपंक्तिहฟ आपसमा टक्कराउँछन् । आम्मामा कस्तो जाडो आज त झन् ।

ऊ लगाएको लुหीको एकफेरले जीउ ढाकेर हतार हतार वरिपरिको झ्यास पतकर भेला पारेर आगो सल्काउँछे र अलिकति भए पनि जीउ सेकाउने उद्देश्यले बस्छे । रातभरको चिसो र शीतले ओसिएको पतकर असाध्यै धुवाउँछ । ऊ बाँसको सानो कन्चीले त्यसलाई यताउता पल्टाएर आगो बढाउने प्रयत्न गर्नतिर लाग्छे । कुनै फाइदा हात नलागेकोले ऊ केहिबेरमै वाक्क मान्दै उठेर गाग्री च्याप्दै बस्तीको साझा कलमा पानी भर्न जान्छे । पर्तिर पैनीबाट आएको पानी बजेको छप्याङ छप्याङ आवाजले उसका पाइला रोकिन्छन् । यति जाडोमा पानी खेल्दै गरेको आप्mनो छोरोलाई देखेर उसको मुटु सिरिङ हुन्छ ।

‘मหले… , ऊ आवाज ठूलो पारेर कराउँछे । आमाले कराएको सुनेर मหले हत्तपत्त पैनीबाट निस्कन्छ । बाख्राको सानो चुल्बुले पाठो झैँ बुर्कुसी मार्दै, कन्दनी बजाउँदै गएर आमाले बाली छाडेको घुर ताप्न बस्छ । हैन यसपाला त मरिन्छ कि क्या हो, कस्तो जाडो बढेको ? लुखी एक्लै बर्बराउँदै कलमा गाग्री बिसाउँछे । ‘मरिन्छ मात्रै होइन, मरिसक्यो ।ฺ पानी थापेर हिँड्न लागेकी बिजेकी आमाको बोलीले लुखी अचम्मित हुन्छे ।

‘को मฅयो हँ ?ฺ उसको मुखबाट आश्चर्य फुस्कन्छ । ‘ल, तँलाई थाहा भएन ? बुदिनको बाउ त राति नै मरेछ त, हाम्रो बिजेको बाउ त मलाम गयो । ‘मैले त थाहै पाइन ।ฺ अघि त्यत्रो हल्ला खल्ला भो ।ฺ बिजेकी आमा गाग्री बोकेर घरतिर लागे पछि लुखीको मनमा पछुतो भरिएर आउँछ । हरेक साल जाडोमा कोही न कोही मरेकै हुन्छन् । अब यसपालि कस कसको आयु सिद्धिएको होला कुन्नि । नानाभाँति कुराले गह्रुหो भएको मनले ऊ पानी भरेर ल्याउँछे अनि घरको लठिबज्र काम सहेर्न थाल्दछे ।

घरआँगन बढारी, ओछ्यान उठाइवरि आँगन डिलको चुल्होमा भातको भाँडो टेकाउन नपाउँदै मหले घुर्यान तापेको धुवाँ गन्हाउँदै उसलाई झक्झकाउन आइपुग्छ ।

‘ए गो, भोक लाग्यो ।ฺ पख् एक छिन ।ฺ ऊ मหलेको हात हटाएर आˆनो काममा जुट्छे । ‘ए गो, हाकु रापाओज्मेसे ।ฺ (आमा माछा पोलिदेन) मหले घुर्यान वरिपरि घेरा लागेका आफ्ना परिवारजनहฟलाई निहार्दै आमाको अनुग्रह पर्खन्छ । लुखी आँखा उठाएर पुलुक्क हेर्छे । मหले निला ओठ थर्थमाउँदै उसकै अनुहारमा हेरिरहेको रहेछ । घुर्यानमा माछा पोल्ने दाउ नपाएर कुन बेला आमाले चुल्हो बाल्ली भनेर पर्खिरहे झैँ आगो जोर्नासाथ ऊ नजिक आएको थियो ।

लुखीको मनमा अगाध माया भरिन्छ अनि छोरालाई तानेर आफ्नो काखमा बसाउँछे । ऊ हरसालको हिउँदमा आउने यो ठन्डीको राक्षसबाट आफ्नो छोरालाई बचाउने अनेक उपाय गरिरहेकी हुन्छे । छोरो भने आँखा छलेर नाหै भुतुหै पानी खेल्न पुगिहाल्छ । लुखी हात उठाएर आˆनो काखमा बसेको छोराको कपाल मायाले मुसार्न थाल्छे । अनायस उसको मनमा अँध्यारोले छोपिँदै गएको उसको अतित बल्झिएर आउँछ । अझैसम्म बिर्सकी छैन उसले त्यो निठुरी दिनलाई, उसको सौभाग्य लुटेर लैजाने त्यो पापी समयलाई ।

त्यो पुसको २४ गतेको दिन थियो । मुटु छेड्ने चिसो, लगातारको शीतलहर खप्नै मुस्किल थियो । त्यसमाथि बिहानैदेखि उसको टाउको फुट्ला झैँ गरी दुखेको थियो । उसलाई घरमै छोडेर सबैजना मालिकको घरमा दाइँको काममा गएका थिए । उफ्  त्यो दिन कति कष्टकर थियो । मหले उसको गर्भमा आएको आठ महिना पुगेको थियो । चिसोले उसका हात खुงा सुन्निएका थिए । पिठिऊँ कर्करी दुख्थ्यो । त्यही बेला स्याम्लीमा चामल पनि रित्तिएको रहेछ । उसले चुल्हो बाल्न त परै जाओस् उठ्ने हिम्मत पनि गर्नसकेकी थिइन ।

दिन त्यसै त्यसै धुम्मिएको थियो । साँझमा गौरादह बजार भरेर जाँडले टिल्ल मातेर फर्केको उसको लोग्नेले सौदाको पोको फ्यात्त भुइँमा फालेर उसलाई भनेको थियो, ‘भात पका ।ฺ ‘म सक्दिन हैฺ उसले रोदन मिश्रित सानो स्वरमा जवाफ दिएकी थिई । त्यस रात जाँडले उसको लोग्नेलाई साँच्चै नै निर्दयी बनाइदिएको रहेछ । उसले लुखीको कपालमा जगल्ट्याएर भित्र हुर्इँक्याई दियो । ऊ खुर्मुरिएर भित्तानिर पुगी । ईश्वर पुकार्नमाथि आकाशतिर चिहाउँदा छानाको प्वालबाट उसले छर्लंग आकाश देखी ।
तारा टिल्पिलाइरहेका थिए । उसका आँखाले खोजेको जून भने त्यहाँ कतै थिएन । त्यो अझै बादलभित्र थियो या अस्ताइसकेको थियो, उसले पत्ता लगाउन सकिन । निकैबेर लोग्नेको चालचुल आएन । ढोकाको क्यापबाट चिहाउँदा ऊ त बिचेतसित पिँढीमा सुतिरहेको रहेछ । उसले बोलाउने आँट गरिन । राति अबेर घरका अरु सदस्य फर्किएर आए । सबैले मालिककै घरमा खाएर आएका रहेछन् । भातको मेलो गर्न परेन । लुखीलाई केही खाने इच्छा पनि थिएन । बिहान आँखा खुल्नासाथ उसका कान चनाखा भए । उसले कतै पनि आˆनो लोग्नेको आवाज सुनिन । सबै सुतिरहेकै थिए ।

ऊ हत्तपत्त उठेर बाहिर निस्किई । ऊ त अझै लम्पसार परिरहेकै थियो । लुखीले दबेको स्वरमा दुईचार पटक बोलाएर हेरी । उसले जवाफ दिएन । नजिकै गएर छाम्दा ऊ हिउँझैँ चिसो भैसकेको रहेछ । उसको भन्डान (मरेको मान्छेको नाममा गरिने भोज ) सकिएको दुई महिनापछि छोरो जन्मेको थियो ।

न्वारनमा आएका बिरादरीलाई निर्दामणिको (निमपत्ति र चामल मिसाएर पकाएको ) भोज खुवाउने जोहो गर्न पनि उसलाई निकै आपत परेको थियो । भगवान् माराबुरुलाई निर्दामणि चढाएर आमन्त्रित बिरादरीलाई पनि खुवाइसकेपछि दर्गिन बूढीले तुलसीको पातले पानी छर्दै सबैलाई शुद्ध गरी । उसले छोरो मหलबार जन्मेकोले मหले नाम जुराइदिएकी थिई । छोरोको अनुहार हेरेर मन सम्हाल्दै उसका अरु केही महिना बिते । उसका घर परिवारले बिरादरी डाकेर रित अनुसार उसको र बुधे (उसको देवर) को साइनो जोडिदिए ।

माझीहडामले रित अनुसार लुखी त्यसपछि बुधेकी भएको सुनाएको थियो । लुखीलाई भने नयाँ साइनोमा भिज्न निकै कठिन थियो । उसले जसोतसो मन सम्हाली । भात पाक्यो ? घुर तापेको ठाउँबाट आएको बुधेको धोद्रे स्वरले लुखीको सोचाईको श्रृฮला भताभुห हुन्छ अनि ऊ यथार्थमा फर्किन्छे । अब पाकिहाल्छ । ऊ जवाफ दिएर चुल्होतिर हेर्छ । ग्वालीको आगो अघि नै बास बसिसकेको रहेछ । खरानी उधिनेर रहलपहल झिल्का फुक्छे । उसका आँखा घुर्यानको वरिपरि घेरा लागेका आफ्ना परिवारजनहฟतर्फ खिचिन्छन् । हात तेस्र्याएर आगोमाथि तताउन राखेका भए तापनि उनीहฟका जीउ एकनासले कामी रहेका छन् । मानौँ उनीहฟ सबैलाई देउता चढेको छ । लुखी आकाशतिर हेरेर बर्बराउँछे । ‘जाडो सकिनासाथ मंझीथानमा फूल घोडा चढाउँछु । यसपाला मेरो घरका कसैलाई पनि नलगि दे । आकाशमाथि बस्ने उसको ईश्वरले उसको पुकारा सुन्छ या सुन्दैन उसलाई केही थाहा छैन ।

ऊ विन्ती गरिसकेपछि एक पटक आँखा घुमाएर आˆनो बस्तीलाई निहार्छ । त्यसबेला उसको पूरै बस्ती मन्दिर अगाडि बसेर रित्तो कटौरो थापिरहेको झैँ देखिइरहेको थियो । मानौँ त्यो दाँत फुक्लिसकेको वृद्धले गिजामात्र देखाएर रोदन मिश्रित खल्लो हाँसो हाँसेझैँ गरी भिक्षापात्र थापेर बसेको छ ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.