~दिनेश अधिकारी~
कुन बाटो हेरूँ ?
कुन भाका भरूँ ?
कुन गरूँ सिँगार ?
आउँदै छ आज परदेशबाट मनको पियार
ढोकामा बत्ती बाल्नु कि मैले कलशै पुज्ने हो ?
कत्ति छ माया कि मलाई हेरी उसैले बुझ्ने हो ?
कुन पोते लाऊँ ? कुन चोली फेरूँ ? के लाऊँ निधार ?
आउँदै छ आज परदेशबाट मनको पियार !
पोलूँ कि पहिल्यै हरिया मकै ? कि साँधूँ अचार ?
कि, भोकै टर्यो भने हो उसले हेरेर मुहार
कुन ठाउँ छोडूँ ? काँ छेउ बसूँ ? कुन खोलूँ दुवार ?
आउँदै छ आज परदेशबाट मनको पियार