~पेशल आचार्य~
नेपालीले के जान्यो ?
बुद्धलाई छिमेकीले विवादमा तान्यो
शान्ति देखाउँथ्यौँ उसले क्रान्ति ठान्यो
नेपालीले खै ! के जान्यो ? के जान्यो ??
आफ्नै बाउ, दाजु र भाइलाई गोली हान्यो ।।
हिमाल
पर्यटकलाई देखाएर डलर झाथ्र्यौं
आफैँलाई आफैँले मख्ख पाथ्र्यौं
आँगनमा दुन्दुभी छ बलेँसीमा रगत
कठै ! शान्ति भैदिए हिमाल देखाएरै त छाक टाथ्र्यौं ।।
नेपाली सिनेमा
आमा प्रोड्युसर, बाउ डाइरेक्टर
भाइ हिरो, दाइ फाइट मास्टर
बुहारी हिरोइन, भाउजू कोरियोग्राफर
नेपाली सिनेमा दर्शकलाई झापड ।।
टिनएजर
बाउको पर्स चोरेर फोन गरी
डेटिङ गरेपछि ढुक्क भयो
ट्युसन जान्छु भनी दिनहुँ–
मोटरसाइकलमा बसी लुसुक्क धुलिखेल गयो ।।
काँचो प्रेम
विश्वकप हेर्दाहेर्दै उनीसँग ‘लभ’ पर्यो
विश्वकप सकिएपछि हेर्न जाने ‘जब’ टर्यो ।
उसको हिजोआज ‘इन्टरभल’ भा’छ
उमेर नहुँदै प्रेम गर्दा सबै अपजस भर्यो ।।
espeshal2023@gmail.com
(स्रोत : चितवन पोष्ट)