कविता : श्रीमतीको अवस्थामा

~किशोर पहाडी~Kishor Pahadi

बट्टाबाट चियाको
चिया झिकेर
हालेछु तरकारीमा
मसला पो भनी ठानेछु ।

समात्दा समात्दै चिप्लेर
कचौरा टाङ्ग्राङ्ग
खसेछ भुईँमा
पोखियो चारै तिर चरारर…. ।

आलु काटेको
किन आकार भिन्दै छ ?
आलु सँच्चिकै
आलु भएछ –
तेलमा हालुँ कि नहालुँ भएछ ।

दालमा पानी हाल्ने ?
कि पानी मा दाल ?
तरकारीमा नुन कती हाल्ने ?
यो खोर्सानीको धुलो हो कि बेसारको
जिराको कि धनीयाँको ?

तिमी बिरामी हुँदा
पसेको छु भान्छामा,
कहाँदेखि शुरु गर्ने –
यो नियमित काम तिम्रो ?
स्वाद पुगेन भन्न सजिलो
नुनु धेरै भयो भन्न सजिलो
स्वाद र नुन राख्न नै गाह्रो
भईरहेछ भाँडोमा ।

सिसीबाट नुनको
नुन झिकेर हालेछु चियामा
चिनी पो भनी ठानेछु ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.