~पदम भण्डारी~
बा ले भन्थे कमिनीलाई, घर ले’र आईजा
बुहारी हो भन्छु तर, रक्सी खा’र नआ
घर छोडे पनि घरलाई, चट्टै नबिर्सिनु
घरमा आउने नाममा काम, छोडि धा’र नआ
साह्रै नाटिकुटी गर्न, हुन्न भनेपनि
सोम खेती बुध घर, अरु बार नआ
दु:खी गरिवको बिना, स्वार्थ सेवा गर्नु
त्यसका नाममा आँफै साह्रै, दु:ख पा’र नआ
जति दु:ख कष्ट झेल्नु, परे झेल्नु तर
ईज्जत बेचि घरमा सुनको, लिस्नो ला’र नआ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )