व्यङ्ग्य कविता : अलमल, ढलपल नीति

~लहडकान्त सिलवाल~

अलमल, छलफल, ढलपल नीति
आपसमा उत्पन्न गराउँछ भीति
जसले तोड्यो सास्वत स्थिति
दर्शाउने कसले उसप्रति प्रीति ?

अदक्ष र अज्ञहरुको जोश
उम्लेको देखिन्छ गुमाई होश
यस्ताको भर पत्यारमा
कसरी रहने हो मन जिती ?
अलमल…

उपद्र र बिघ्न अनेक रचेर
भुच्चुकहरुलाई होमेर
जसले बने बनाएको नास्यो
त्यस्ताको दिन जाने कसरी बिती ?

अविश्वसनीय चालाले गर्दा
लागेझौ लाग्छ भविष्यमा पर्दा
बेठेगान छ इमान जमान
कसरी निश्चित होला मिति ?
अलमल…

स्वदेशलाई हियाई हिँड्ने
परचक्रीलाई रिझाइ बढ्ने
बन्न प्रतिष्ठित खोज्ने देख्दा
ज्ञानीहरु भित्र हाँस्छन् खितिखिती
अलमल, छलफल, ढलपल नीति ?

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.