~प्रवेश लामिछाने~
ती साना पाइला अनि हजारौं सपनाहरू
सपना बुन्दै हिँड्ने चञ्चल कल्पनाहरू
सुन्दर ती कल्पना अनि अनेकन मालीहरू
ती साना पाइला अनि हजारौं सपनाहरू
आफ्नो अस्तित्व खोज्दै हिँड्ने निश्चल आँखाहरू
निश्चल ती आँखा अनि स्वाभीमानी भाकाहरू
ती साना पाइला अनि हजारौं सपनाहरू
अन्धकारलाई उछिन्दै हिँड्ने कर्मठ योद्धाहरू
कर्मठ ती योद्धा अनि साहसी यात्रीहरू
ती साना पाइला अनि हजारौं सपनाहरू
(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क ३, मार्च २०१०)