~जय बहादुर घिमिरे~
अनिल र म कुटुम्बेरी मिल्ने साथी भाइ थियौँ । एस.एल.सी. पश्चात राजधानीमा पढ्न जाने सन्दर्भमा हाम्रो चिनजान भयो । गहिरो मित्रताको लागी उमेर, रुची, आर्थिक हैसियत, शैक्षिक स्तर आदि सवै कुरा मिल्नु पर्छ की कसो हो ? हामीमा यी सवै कुराहरु मिलेको कारण आत्मीक रुपमा साह्रै नजीक भयौ । दुवै अविवाहित १८, १९ वर्षको अल्लारे युवक थियौ, आइ.ए. दोस्रो वर्षका । कुरै कुरामा ठट्टा गर्दा भविश्यमा एउटै साझे श्रीमती ल्याउने सम्मका आश्चर्यलाग्दा गफ गर्दथ्यांै हामीहरु, तर नारायणगोपालले गाएको एउटा गितमा भने झैं – सोचे जस्तो हुन्न जिवन, देखे जस्तो हुन्न जिवन, जस्तो भग्यो उस्तै हुन्छ जिवन, साच्चै हो रहेछ, समय परिस्थितीवश, उनी राष्ट्र वैंकका अफिसर भए । म माध्यमिक शिक्षक भएर सोलु गए । हाल मेरा १५ वर्षका जेठो र १२ वर्षको कान्छो २ छोराहरु छन् । उनका भने जेठी श्रीमती विवाह गरेको ६ वर्ष सम्म पर्खेर बस्दा पनि कोख बाँझो रहेका कारण दोस्रो विवाह गरेर अर्को संग गइछिन् । त्यस पछि उनले पनि पहिले भन्दा शुन्दरी युवती संग दोस्रो विवाह गरेछन् ।
हाल उनको काठमाण्डौमा शुन्दर भब्य महल छ । हाम्रो मित्रता पनि पूर्ववत् नै छ । म काठमाण्डौमा जादाँ उनको घरमा बस्छु, गफगाफ हुन्छ । म उनको सम्पत्ति र घर देखेर लोभिन्छु र उनलाई सुखी देख्छु । उनीचाही मलाई सन्तानको वाटोवाट उनी भन्दा सुखी देख्दा रहेछन् । उनले आफ्नो स्वाथ्य जाँच गरेको रहेछ । सन्तान हुदैनन् भन्ने थाहा पाएर पनि यो कुरा आफैमा गोप्य राखेको रहेछन् । कान्छी ल्याएर पनि ५ वर्ष सम्ममा सन्तान नभए पछि भने उनकी कान्छि श्रीमती पनि यो मामलामा केही चिन्तित हुन लागेकी रहीछन् । गरीव गाउँले कृषक परिवारवाट राष्ट्र वैंकको अधिकृतसंग लगनगाठो कस्न पाएको हर्ष पनि क्रमशः घट्न थालेको रहेछ । श्रीमतीको यो मनोदशा उनलाई राम्ररी याद रहेछ । तर पनि आफ्नो कमजोरी देखाउन चाहँदा रहेनछन् । श्रीमती उनको कमजोरीसंग ससंकीत हुन लागेकी रहीछन् यस मामलामा । उनीहरुको दाम्पत्य जीवनमा केही खल्लो अनुभूति दुवै दम्पतिलाई वढीरहेको रहेछ । म काठमाण्डौ पुगेपछि २, ४ दिन उसको घरमा वस्ने गर्दथे । १, २ दिन मलाइ समय दिएर मेरो जरुरी काम छ भन्ने वाहना बनाउदै तपाई ढुक्कले रहनु होला भनी उनी काठमाण्डौ वाहिर जान्थे ।
मलाई त्यहाँ वस्न असजिलो लाग्थ्यो, तै पनि उनीहरुको आतिथ्य र लजको महंगीको कारण म त्यहाँ बस्न वाध्य हुन्थे । सुत्ने कोठा अलग अलग थियो नै तै पनि हाम्रो युवा अवस्था देखि हाल सम्मको आत्मिय सम्बन्धको कुरा, देशको शैक्षिक, आर्थिक, राजनैतिक गतिविधिको कुराहरु झिकेर उनी मेरो कोठामा रातको १२, १ बजेसम्म गफिन्थिन् किनभने उनी एक शिक्षित नारी थिइन् । गफको सिलसिलामा मेरो भुमीका गौण हुन्थ्यो । उनको सौन्दर्य देखेर म भित्र कता कता लोभ लागेर आउथ्यो । मेरो विवाह पूर्व उनको श्रीमानसंग ठट्टा गरेका कुराहरु सम्झन्थे र विचार गर्थे, उनी किन म काठमाण्डौ पुगेको लगत्तै पछि केही न केही बहाना बनाएर वाहिर जान्छन् ? फेरी मलाई उनकी श्रीमतीले भन्थिन् – तपाईलाई चाहि साच्चै नै विश्वास गर्नुहुदोरहेछ । नत्र मलाई वाहिर कही कतै जाँदा पनि अत्यन्तै निगरानी राख्ने बानी वहाको मलाई मन पर्दैन ।
स्वच्छन्द विचरण गर्न दिदा उनले पहिले नै धोका खाइसकेको हुनाले होशियर गर्दारहेछन् । पछि मैले उनीहरुको मनोभाव बुझे मेरा साथी मसंग कुनै अस्वाभाविक सहयोगको आशा गर्दारहेछन् । जो उनको र मेरो विवाह पूर्व युवा अवस्थाको ठट्टामा भएको थियो । यता म भने महाभारत पात्र अर्जुनको आचरण अनुसरण गर्न चाहान्थे । जसमा उनले स्वर्गको सुन्दरी अप्सराको यौन प्रस्ताव अस्विकार गरी बरु एक वर्षको नपुंसक बन्ने सजाय भोगेको तथा विराट र।जाको छोरी उत्तरालाई स्याहरसुसार गर्ने जिम्मेवारी लिई केटीको भूमिका आफू पुरुष भएर पनि यौन इमान्दारी साथ निभाएको तथा गुणरत्न मालाको प्रश्नोत्तर – छोरो कस्कन भन्नु ? आफ्नो कुलको उद्दार जसवाट छ, को हो शुरवीर अगाडी तरुणी देखेर डग्दैन जो, आदि तथा संस्कृत भाषाको नीतिश्लोक –
राजपत्नी गुरोः पत्नी मित्रपत्नी तथैव च ।
पत्नी माता स्वमाता च पञ्चैता मातरःस्मृताः ।।
(राजाकी स्त्री, गिुरुपत्नी त्यस्तै नै मित्रकी पत्नी, सासू र आफ्नी माता यी पाँचैलाई माता भनिन्छ ।)
मातृवत्परदारेषु परद्रव्येषु लोष्टवत् ।
आत्मवत्सर्वभूतेषु यः पश्यति स पण्डितः
(अर्काकी स्त्रीलाई माता समान, अर्काको धनलाई माटो समान, सवै जीवहरुलाई आफ्नै समान जसले देख्दछ, त्यही पण्डित हो ।।)
तथा साथीसंग दिगो मित्रताको लागि आर्थिक लेनदेन नगर्नु, अनावश्यक छलफल नगर्नु तथा साथीको श्रीमतीसंग चाहीने भन्दा अलिकति पनि वढि कुरा नगर्नु भन्ने मान्यतालाई अनुसरण गरेर मैले आफुलाई उनीहरुको मनोभाव अनुसार प्रस्तुत गरिन । तथापी रजनीश (ओशो), सिग्मन फ्रायड् को केही कृतिहरु र कमल मणी दिक्षीतको उत्तर वैदिक कालिन् उपन्यास माधवी पढेपछि भने ममा केही हिम्मत पलायो । र पुनः ती दुई दम्पतिले अनुकुल परिस्थित मलाई मिलाएको समयमा मैले खुलेर साथीको श्रीमतीलाई सोधे । उनले अत्यन्तै स्नेहले निर्भयतासाथ मलाई अंकमाल गरीन् । म त थरथर काम्न थाले । मैले साथी माथि विश्वासघात गरेको सम्झे ।
मैले उनको श्रीमतीलाई फकाएर साथीको अनुमति लिन महाभारत पात्र कुन्ति र पाण्डुको कथा – “पाँच पाण्डवको पाचैजनाको माता एक पिता अलग–अलग भएको प्रसंगको कथा ” सुनाएर त्यस दिन उम्के । त्यसको केही समय पछि साथीलाई लिएर रेस्टुराँमा वियर खान गए । मातेको अभिनय गर्दै कुरा खोले – साथीले मलाई अंकमाल गर्दै वरवर आँशु खसाए । अव मेरो समस्या सुल्झ्यो । म तयारीमा लागे । अव ढुक्कले घरमा बसे । कुरा छिनिएको हुनाले साथी पनि धेरै टाढा गएको थिएनन् । समय मिलाएर मैले कुरा राखे – उनकी श्रीमतीलाई । बाफरेवाफ ! कत्रो नाटकीय आदर्श ! उनले मलाई वाघले झै झम्टन पुगिन् । यत्रो विश्वास गरेर मानी ल्याएको त तपाइको विचार यति निम्न कोटीको छ ? भनेर छरछिमेकीले सुन्नेगरी गर्जन पुगिन् । छिमेकीहरु भेला भईहाले, साथी पनि हल्लीखल्ली सुनेर घर आइपुगे शरम बचाउनलाइ होला साथीले पनि मेरो व्याग आगनमा फालीदिए र मलाई गलहत्याए म झोला टिपेर मालीकले कुटेको कुकुर झैँ लुरुक्क परेर कम्पाउण्ड बाहिर निस्के । त्यसपछि म त्यहाँ कहिल्यै गइन । तिन वर्ष पछि टिचीङ हस्पिटल काठमाण्डौमा अचानक यि दुइ दम्पतीलाई भेटेँ । २ वर्षको लोभ लाग्दा्े घुतमूने छोरो काँधमा बोकेर वावु अघिअघि आमा पछि पछि आउदै रहेछन् ।
मलाई देख्नासाथ उनिहरु दुवैले मुस्कुराउदै अभिवादन गरे । मैले पनि नमस्कार भन्दै कसिलो हात मिलाए साथीसंग । दिल खुसी भयो मेरो, उनीहरुको दाम्पत्य जिवन सही मोडमा डोरीएको पाएर । यी दाम्पतिलाई जस्ले विर्यदान गरेको भए पनि उसको जय होस् ।
जय बहादुर घिमिरे
“देउराली माइला”
खाँदवारी–७ माल्टा संखुवा–सभा