~ज्योतिराज अधिकारी~
सानो सानो भन्दा भन्दै
कति ठुलो भएछ
हेर त बाबा बाबा भन्थ्यो आउँदा
अब त चिन्न छोडेछ !
होनी मैले नै सिकाएको हो
उसलाई बाबा भन्नलाई
तिमीले त बुवा भन्नु भन्थ्यौ
आफु चाही बरु बाबा नै भन्थ्यौ !
दाद्दा द्द्द्दा भन्यो
अनि बाबा हो मैले भनें
हातमा समाती एक पटक
निधारमा उसको चुमें !
कति मायालु देखिने हगी
म हिड्दा रोला जस्तो गर्यो
उ तिमि को रोएको हो वा मेरो मन
छुट्याउनै गार्हो पर्यो !
टुकु टुकु हिड्ने बेला
मैले ताती ताती भन्थें
कति पाइला हिड्यो
एक एक गरि गन्थें !
उसैको लागि हो त
भनि म हिडेको
बर्सौ बित्यो अब त
परदेसी को जुनी काटेको !
फुर्सदै छैन अरु सोच्न
दु:ख त नेपाल कै मीठो
सोचे सुख होला समयमा
के गर्नु पाइएन मात्र नि पिठो !
बच्चाले बुबु भन्दा
कति कान थुन्नु
बिरामी आमालाई कसरी ढाट्नु
पैसा बिना जीवन कसरी काट्नु !
बिहे गरि लेराको तिमीलाई
पाल्छु भनेको छु
दु:ख कति दिनु र
अर्धांगिनी हो, माया गर्छु !
बाबाले भोगेको
मेरो छोराले नाभोगोस
हिजोको जस्तो दिन
फेरी हामीलाई नपरोस !
एक दिन त फर्कन्छु
कमाई अलि कति होस्
दुइ छाक खान, आमाको उपचार
र छोराको भर्ना गर्न पुगोस !
बिदेशमा त गार्हो रैछ
अब लेराको ऋण तिर्नु छ
ऋण सकियोस अनि
फेरी तिमि र म केहि गर्न जुर्नु छ !
बरु छोराले आज बाबा
भन्यो कि भनेन होला
बुढी आमाले त पकै सम्झिन
जे मा नि मलाई खोज्छिन !
आखा धमिलो भो रे
चस्मा चाहियो पोहोरै सालमा
भनि देऊ – पर्ख है आमा दुई चार दिन अझै
तिम्रो चस्मा आउछ यसै पालमा!
तिमीले गहना मागेको छैनौ
र पनि हामी छिटै किनौंला केहि
बच्चालाई स्कुल भर्ना गर
राम्ररी यसलाई हामी पढाउँला !
छोराले बाबा भन्यो कि
मेरो अहिले बाढुली बढ्या छ
तिमीले के सोच्यौ अहिले
मेरो हृदय गति चड्या छ !
यसपाली अब लेख्न सिक्ला
बाबा लेख्न सजिलो छ
आमा संगै सिकाई देऊ
बाबा यो हो भनि पनि फेरी चिनाई देऊ !
बाबा छिट्टै आउँछ
खेलौना पापा ल्याउँछ
गहना चाही पछी गरौंला
हेरौं तिमीलाई लुगा कति भ्याउछ !
म त यहाँ धेरै बस्दिनं
ऋण तिर्नु नै पर्यो
कमसे कम आएको भार
बिसाएर नया सुरु गर्नु पर्यो !
अब त बरु त्यहिँ बस्ने
जसो भएनि कम्मर कस्ने
सबैले यति काम उतै गरे
सुनै फल्छ, सबै एक बन्न सके !
1999 – Chennai, India
(स्रोत : Weallnepali)