लघुकथा : अ-रोदन

~कृष्ण शाह यात्री~Krishna Shah Yatri

  • ऊ जीवनमा कहिल्यै रोएको थिएन।
  • जन्मदा समेत ऊ रोएको थिएन भनेर उसकी आमाले भनेको समेत उसले पटक–पटक सुनेको थियो।
  • परिक्षामा पटक–पटक अनुत्तीर्ण हुँदा समेत ऊ रोएन।

  • वर्षौंदेखि आफूले मन पराएको अनि जीवनभरि सँगै बाँच्ने र मर्ने कसम खाएको प्रेमिकाले समेत थाहै नदिई आफूलाई चटक्क छाडेर अरूसँग विहे गर्दा समेत ऊ रोएन।
  • जन्मदिने आमा/बाबु मर्दा समेत उसको आँखामा कुनै आशु देखिएन।
  • आफूले जीवनभरि कमाएको सम्पत्ती आगलागीमा नष्ट हुँदा समेत ऊ रोएन।
  • विदेश पढ्न गएको आफ्नो एक मात्र छोरा हवाइ दुर्घटनामा परेर मर्दा समेत ऊ रोएन।
  • उसको आँखामा आजसम्म कसैले पनि आशुको एक थोपा पनि देख्न पाएको थिएन। उसको प्रवृत्ति देखेर सबैजना उसलाई ‘ढुङ्गाको मन भएको मान्छे’ भन्ने गर्थे। तर आज ऊ भक्कानो छाडेर रोइरहेको छ। उसको मुटु नै फुटाउँला झै गरेर रोइरहेको छ। उसको रूवाई सुनेर सबैजना अत्तालिए। आश्चार्य चकित पनि भए।
  • ऊ रूनुको कारण थियो। आज उसको मुलुक विभाजन भइरहेको थियो। उसले टेकेको धर्तीलाई विभिन्न टुक्रामा बाडिन लागीरहेको थियो।
krishnayatri@gmail.com
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.