~सरस्वती शर्मा ‘जिज्ञासु’~
जीवनभर देशको सेवा पछ्याउँदै हिँड्छे
यै राष्ट्रको उन्नतिलाई सजाउँदै हिँड्छे
बा–आमाको प्रेरणा सङ्घर्षको बाटो बन्यो
उनको अर्ति–उपदेशलाई खन्याउँदै हिँड्छे
दुनिायाँलाई एक समान व्यवहार गर्दै
साथमा साथ हातमा हात समाउँदै हिँड्छे
देशका लागि लड्छे बरु अन्यायमा लड्छे
अब देशलाई शान्ति–क्षेत्र बनाउँदै हिँड्छे
आफ्नो भन्दा देशकै माया बढी गर्छे उसले
शान्ति भए ‘जिज्ञासु’ रमाउँदै हिँड्छे ।
सरस्वती शर्मा जिज्ञासु
अध्यक्षः माधुरीसाहित्य प्रतिष्ठान
कुश्मा, पर्वत
(स्रोत : प्यास गजलपत्रिका)