~निशा खनाल~
प्राणी मात्रको सबभन्दा नजिक र प्रिय आमा नै हुन् । गर्वावस्थादेखि आजीवन अविरल र निस्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । शृष्टि, पालन, संरक्षण, शिक्षा तथा सांस्कृतिक प्रदान गर्न आमा नै वास्तविक जिउँदो देवता हुन् ।
प्रकृतिले आमा र उनीभित्र माया नदिएको भए जीव सृष्टिबाट नै ठूलो प्रभाव पर्ने थियो होला । सम्पूर्ण जीव जगतको अध्ययनमा ठूलादेखि सानासम्म जीवको आमाले सन्तानको हित संरक्षणका लागि जस्तोसुकै जोखिम उठाएको उदारहणहरु पाइने गर्छन् ।
यस्तो काम गर्नसक्ने शक्ति ईश्वरले प्रदान गरेका हुन्छन् किनकि आमा नै सृष्टि गर्नका लागि ईश्वर कि प्रतिनिधि हुन् ! जसरी सानो चरो चिलसँग र सानो जनावर पनि सिंहसँग लड्न तयार हुन्छ ! मनुष्यमा पनि आफ्ना सन्तानको लागि हिंस्रक जनावर, आगो, पानी, चोर डाका आदिसँग लड्दा लड्दै प्राणको आहुति दिएर पनि सन्तानको रक्षा गर्दछिन् ..।
वास्तवमै आमा श्रद्धेय र मायाकी प्रतिमूर्ति हुन् । जुनसुकै प्राणीको जन्म आमाको कोखबाहेक सम्भव नै छैन, जसको कारणबाट प्राणीले जीवनको स्वास लिन्छ अनि यही जीवनबाट यो संसारमा आँखा खोल्दै आमाको अमृत स्थानको घुट पिउँदै जीवन जिउन थाल्छ…। सन्तानको जीवनलाई प्रगति पथमा डो¥याउन, उसको पालन पोषण र रक्षाको लागि हरपल धर्ती बनेर पीडालाई छातीमा सहँदै परिआउने कठिनाइको सामना गर्दै बलिदानको चक्रमा पिसिँदै सन्तानको रक्षा गर्दछिन ।
यस्तै आमाको जीवन दर्दनाक हुन्छ सन्तानको सुख । तर सन्तानको चिनारीलाई हिजोआज नैतिकता, संस्कृति, परम्परा भुल्दै आफ्नो मैलिक चिनारी नै बिर्सिएर स्वतन्त्राको गलत फाइदा उठाउँदै आमालाई घुटघुटको आँसुले पिसाउँदै अरुको संस्कृतिमा रमाएर आज आमा एक्ली भएकी छन रे । यस्तै आमाको अनुहारलाई नजिकबाट हेरिकी छु जुन अनुभूतिले मलाई आल्हाद बनाएको छ ।
दुर्ग गाउँको बस्तीमा एउटा निम्न मध्यम परिवार थियो ..। तीन छोरा र तीन छोरी जन्म दिएकी आमाको जीवनमा कहिल्यै सुखका दिन आएनन ..। आफ्नो श्रीमान्को सानो जागिरबाट सबै छोराछोरीलाई प्रतिपालन गर्न र शिक्षा दिलाउन पेटभरि खुवाउँन आफूले कति दिन भोक्कै बसी सन्तानको पेट भराउन कोसिस गर्दथिन् ।
सन्तान सानो र श्रीमानको जागिर शहरभन्दा बाहिर भएकोले उनीलाई अति नै कठिनाइको सामना गर्नु प¥यो । ठूलो परिवारमा भए तापनि आफन्तले कहिल्यै माया नगर्नाले दिन दिन तड्पिएर सन्तानको सुन्दर भविष्यको कल्पना मात्र गर्थिन् उनी ।
एकदिन आमाले आफ्नै सबै सम्पतिको हकदाबी गर्न छोरालाई सोध्छिन्– बाबु भन त तँलाई मैले आफ्नो भए जति सबै सम्पति, रुपैयाँ, पैसा तेरो नाम गरिदिनु भनेर मैले गरिदिन्छु तर, यदि म बिरामी भइहालँे भने र आँखा अन्धो भएर केही हेर्न सकिनँ भने के गर्छौ छोरा ? सम्पति आफ्नो नाउमा हत्याउन तल्लिन छोराले भन्छ–
‘आमा म हजुरलाई राम्रोभन्दा राम्रो डाक्टरकोमा लैजान्छु र इलाज गराउँछु चिन्ता नगर्नु म सेवा गर्छु नि ।’ ‘ए हो र’
त्यही कुरा छोराले आमालाई सोध्छ ‘आमा आमा ..यदि म कुनै दुर्घटनामा परेर मेरो आँखा गयो भने त्यो बेला हजुरले के गर्नहुन्छ नि ? आमाले मिठो स्वरमा, नम्र हुँदै भन्छिन् ‘मेरो प्राण तिमीलाई यो दुई मेरो नेत्र प्रदान गर्छु, तिमीबिना मेरो यो रोशनी भएर पनि अन्धकार समान हुन्छ । मेरो नेत्रले तिमीले संसार देख्न सक्ने छौ ।’
यस्ती ममतामयी आमाको मलाई सम्झना आउँछ त्यो पल जुन दिन आमाले खान बनाएर लस्कर पिढीमा बसाएर छ वटा थालमा खाना राख्नु हुन्थ्यो अनि लगेर देऊ भन्नु हुँदा कान्छी छोरीले सबैलाई लगेर दिन्थी र आफ्नो थाल भान्साकोठामा राख्थी ‘ल जाऊ तिमी पनि सबैसँगै बसेर खाऊ । नाइँ म यही तपाईंसँग बसेर खान्छु, जाउँ न दिदीहरुसँगै बसेर खाऊ आज मेरो ब्रत हो, अँ होला ‘हो’ उसले पकाएको भाँडो उघारेर हेर्थी र खाना आमाको भागमा हुदैनथ्यो ।
कान्छी छोरीले आफ्नो थालको भागलाई दुई थालमा हाल्थी र आमा खानु भनेर भन्दा आमाले तरक्कै आँसु खसाल्नु हुन्थ्यो र दुवैले मिलेर आधा पेट खान्थे ! कान्छी छोरीलाई त्यो आधा पेट खान र आमाको छेउमा चुलोनिर गएर पाखुरामा समातेर आफ्नो शिरलाई राख्थिन् । न्यानो माया नै कति प्यारो थियो उसलाई ! र भन्थी आमा यो दुःखको दिन कहिले हट्ला हाम्रो ! ‘हुन् पनि किन नहोस् र !
‘जब आमाको काखमा जन्म लिएर न्यानो आँचल प्राप्त ग¥यौ ..हो त्यो दिनलाई आज सम्झना गर्छ ऊ’ उसले जसरी आफ्नो सन्तानलाई काखमा लिँदा अनुभूति गरिरहेकी छे । सानोमा जन्माउँदादेखि लिएर ठूलोसम्मको कल्पनाभित्र मात्र आमाको स्मरण गर्न मन लाग्छ.रे उसलाई ..। हो पनि ऊ, भन्छे जब म सानोमा आफ्नो कुरा व्यक्त गर्न नसकी मात्र चिच्याएर रोइदिन्थे अनि अरु कसैले नबुझेर आमाले हामीलाई बुझ्नुहुन्थ्यो आँसुभित्रको दाना दाना आमाले पढ्नु हुन्थ्यो । सायद म रोई दिएर भाषाको निर्माण गरी दिन्थे र आमाले मलाई यसलाई चिसो लाग्यो, भोक लाग्यो, नाङ्गो भए भनेर आफ्नो आचलमा लुटुपुटु पार्दै आफूले कति दिनसम्म भोकै बसेर हामीले निल्न नसके अन्नलाई आमाले मुखमा चपाएर, खुवाउँदै हुर्काउनु भयो । मेरो आँत भरिएपछि मेरो आँखाको रोदन हरायो लाग्दथ्यो कि मैले जीवन पाएँ ।
आमा शब्दले अति नै महत्व दिँदो रैछ ‘जब मैले आफ्नै सन्तानलाई नौ महिनासम्म राखेर नारीबाट आफ्नो मुटुको एक टुक्रा झिकेर पृथिवीमा झारे अनि बल्ल आमा हुने सौभाग्य प्राप्त गरेँ ‘तर मलाई थाहा छ त्यो पीडा, मृत्युपछिको पुनःजन्म लिँदै कसरी सन्तानलाई जन्म दिन पुगिन्छ ‘आमा तिमीले गरेका हेरेक दुःख आज मैले बोध गरिरहेकी छु । हो हिजो म जसरी शरीरको एक टुक्रा अंशलाई भुइँमा झर्दा जसरी चिच्याएँ त्यो पीडा तिम्रो मैले महसुस गरेँ । जुन मेरो लागि सदा बोधगम्य रहनेछ । तिमीले आफ्ना सन्तानलाई कसरी हुर्कायौ होला भनेर मैले सम्झनु आवश्यक छैन किनकि जब घामको न्यानो तापमा दलेका तेलले मलाई शक्ति प्रदान गरे झैँ सन्तानलाई हेरेर मैले गर्दैछु, पिरो अमिलो, नूनिलो, गुलियो स्वाद तिमीले खुवाएका खानाले मलाई चिनायो । किनकि पिरो हुँदा म चिच्याएर रोइदिन्थे, अमिलो नुनिलो हुँदा म मुखलाई बिगार्थें र मिठो, गुलियो म सजिलै खाई दिन्थे ‘तिमीले मलाई हर सास दिलाएकी छौ आमा, म कसरी बिर्सुं ।
मेरो पाइला कुनै गलत ठाउँमा जाँदा तिमीले कानको जरा पक्डेर निमोठी दिँदा म रुन्थे, तिमी गाली गरेको शब्दहरुले म झर्किन्थे । त्यो मलाई आज अमृत भएको छ । तर किन तिमीले त्यस्ता ग¥यौ भनेर पाठ मैले आफ्नै सन्तानबाट सिक्दैछु । तिमीले मलाई हाँसोको महत्व सिकायौ आमा तिम्रो हाँसोमा विजयको गीत गुन्जिदोरहेछ । तिम्रो आँखामा आँसु बर्संदा दुःखले बाजा बजाएझैँ लाग्छ । जुन दिन हाम्रा लागि तिमीले अति नै चिन्ता ग¥यौ त्यो हामी सन्तानको खुसी र सुन्दर भविष्यका लागि कामना गरौं त्यो अत्यधिक थियो आमा कसैले पिट्न आउँदा, धम्काउँदा तिमीले आफू अगाडि उभिएर सामना गर्थौ म कसरी बिर्सिनु म त्यो ! हरपल रंगिन यो दुनियाँ बगेर आएको पानी नआएझैँ सिनेमाको चलचित्र बनेर आज आँखामा झल्किन्छ ! आज झल्झली आफ्नो सन्तानले याद दिलाउँछ तिमीभित्रको पीडा ।
म गर्व गरिरहेकी छु आज आमा हुनुमा, जसरी एक निर्दोष बच्चालाई बोल्न, हाँस्न, खेल्न, कुद्न, खान, उज्यालो, अँध्यारो, राम्रो, नराम्रो, ठूलो सानो, शिक्षा हुँदाको र शिक्षा नहुँदाको बोध गराउँदै आफ्नो जिम्मेवारी बहन गर्नसम्म सिकायौ अनि आफूलाई सफा र सुन्दर, फाटेको कपडा र नफाटेको कपडाको महत्वसम्मको शिक्षा दिने आमा मलाई आत्म निर्भर हुन् सिकायौ ।
आमा आज बुवाले छाडेर जानु भएपछि तिम्रो एक्लोपनलाई मैले टाढा बसेर कल्पना गरिरहेकी छु । तिम्रो काखमा तिमीले हुर्काएका सबै सन्तानहरू भएर पनि हिजोको त्यो पलहरूलाई बिर्सिएर आफ्नो दुनियाँमा मग्नमस्त भएका छन रे अनि तिमी गेन परेवाको भेलबाट छुटेको एक्लो फरेवा जुन बासको लागि भड्किएर यता उता फट्फटाउदै कसैको झुप्रोमा बास दिन्छन् कि एकरात भन्दै मुटुभरि पीडाका ढिक्का बोकी कसैलाई नसुनाई रोदनको हाँसो हाँस्दै बास खोज्दै हिँडेको छौ रे । तिमी कति निर्दोष छौ आमा । तिम्रो बोली, तिम्रो हाँसो आज, आफंै बालक हुँदा तिमीले कति धैर्य भएर मुस्कुराउन सिकायौ, झर्किएर सानोमा चिच्याउँदै काराउँदा पनि तिमीले शान्त भएर बोल्यौ तर आज तिम्रा सन्तान तिमी झैँ आमा र बुवा भन्ने अवसर प्राप्त गरे तर हाम्रो झर्किएको पल र बोलेको तिखो वचन तिमीले त सह्यौ आज त्यो अवस्थामा तिमी छौ, तिम्रो ठाउँमा हामी तर किन तिम्रो बचन सहन सकिरहेको छैनन् किन तिम्रो त्यो मिठो मुस्कानलाई फर्काउन सक्दैन् ? किन तिमीले गरेका हरेक लगनशिलताको महत्व बुझ्न सकेनन् ? किन आमाको शब्दको निर्माण गर्न सक्दैन ? आमा तिम्रो त्यो मायालाई, लगनशिलतालाई मैले सृष्टिकी जननी भनेर उच्चारण गर्दै तिमीले उच्चारण गर्न सकिएका हरेक शब्द शब्द सम्झन्छु किनकि मैले आमा हुने सौभाग्य प्राप्त गरे अनि तिमी आमा हौ ।
सुनौलो संसारमा रमाउन पनि जीवन रहेसम्म आफ्नो थलो हुनैपर्छ हैन भने यो पापी संसारमा जीवन जिउन गाह्रो हुँदो रैछ आमा ! त्यसैले म पनि एक सुगाझैँ परदेशमा पिँजडाभित्रै छु, निस्केर बाहिरको संसारमा रमाउन मन लाग्छ तर भाँचिएको पखेटाहरू अझै तग्रिन सकेका छैन ‘निस्कन चाहन्छु हेर्छ तिमी झैँ यहाँ पनि विवश भएर बाँच्ने गरेका आमा, बुवाहरूलाई अनि फेरि फर्कन्छु उही थलोमा म के गरुँ आमा ! सायद समय निर्दयी भएर होला तिमी त्यहाँ बर्बर आँशु झारेर बस्दा पनि मैले यहीँको कैदीहरूलाई आँशु पुछ्ने गर्दागर्दै एक्लै यो नौलो संसारबाट फुत्त निस्किन सकिकी छैन । म यहाँ बसेर पनि तिम्रो कथा र ब्यथा सुनेर एउटा नौलो अनुभव गरिरहेकी छु ‘! समयसँग परिवर्तन र प्रकृतिको सम्मान ‘जहाँ तिम्रो नै सम्मान देख्छु । तिमीले सिकाएका संस्कृति, संस्कारको नियम सम्झिन्छु.. अनि मनन गर्छु ..कति महान छ जीवन आमा भएर जिउनुमा तर पिडि पिलाले तिम्रो रुपको वर्णन सुन्छु यहाँ मन स्थिर छैन यता उता भड्किएको चरा झैँ आमा आज मृत्युलाई कुर्दै छिन् रे भन्दा कति मन भयभित भएको छ म कसरी वर्णन गरुँ ‘!
(स्रोत : श्री रुपरेखा)