~प्रकाश आस्था~
आमा र जन्मभूमि प्यारो हुँदो रै’छ
बाबुरामको ’नि मनलाई मातृप्रेमले छुँदो रै’छ
बाबुआमा लिई तिमी तीर्थ हिँडेछौ बाबु
हाम्रा त छोरा मारिए त्यसै, आँसु चुहुँदो रै’छ
बाध्यता र अभावले सेना, जनसेना भए छोरा
भिडन्तमा मारिएपछि मातृ मन रुँदो रै’छ
अन्धविश्वासको विरोधी हुँ भन्छौ बाबुराम
तर, आस्था, विश्वास मार्न गाह्रो हुँदो रै’छ
जेजे भाथ्यो विगतमा, इतिहास बनाइदेउ
बाँच्नेको त माया लाग्छ, समय आँसु धुँदो रै’छ
(सबै नेपाली बृद्ध बा–आमाका तर्फबाट)
प्रकाश आस्था, गोस्र्याङ्ग–७, नुवाकोट
(स्रोत : हिमाल खबर)