~गोविन्दप्रसाद आचार्य ~
लडाइँमा लाग्थ्यो मलाई न्याय निम्ति बढे जस्तो
अन्यायको छातीमाथ मजासँग चढे जस्तो
डाँफे जस्तै हिमालयमा नयाँ चरा नाँचे जस्तो
संसारमा न्यानो सूर्य कहिल्यै अस्त हुन्न जस्तो
मलाई लाग्थ्यो, संसार जिते बाघले अब खान्न जस्तो
लडाईको मैदानमा रात र घात हुन्न जस्तो
मञ्चबाट बाघले पनि मान्छे खान्न भन्दै थियो
आऊ बनका मृगहरु धक नमानी डुल भन्थ्यो
देशभक्त फूलहरु डकमक फूल भन्थ्यो
अन्यायको नाम निसाना रहँदैन जस्तो लाग्थ्यो
विरहका गीत न्याउली गाउँदैन जस्तो लाग्थ्यो
मानिसका आँखाभरी आँसु वर्षा हुन्न लाग्थ्यो
आकाशमा मालचरिका ताँतीहरु उड्न थाले
दुधको तर खोसी खान धुरीबाट पसे डाडे
मासु खान्न भनि बाघले रुद्राक्षको माला लायो
तुलसी र ताँवा छोई साधु बन्ने कसम खायो
भूलप्रति माटो छोयो, आँसु झारी रुनु रोयो
त्यो बेलामा लाग्थ्यो मलाई पाप कुन्ड धुनु धोयो
भावनाका पोखरीमा काँडा कहाँ होला जस्तो
नसोचेको बाघले यति आँसु झार्दै रोला जस्तो
शब्द नाँचे नारा गाए, तारा झार्लान् जस्तो
फूल्छ किन जिन्दगानी, लाली गुराँस जस्तो
सर्प पनि बिस फालेर सुघा सुधारको
अनौठो त बाघले गायो, गीत मानवताको
जता लुछे पनि हुने यो सत्ताको मासु
हाड कतै छैन जस्तो थुुप्रिएको मासु
दाँत झरे पनि मिठो यो सत्ताको रस
पात झरे पनि राम्रो छहारिमा बस
जसले खाए पनि हुने सत्ता जुठो थालमा
जस्तो नाँचे पनि राम्रो सत्ता लाग्या तालमा
बाघ कहिल्यै सुधि्रएन हामी झुक्किएको
बाघको भाषण साह्रै मीठा,े हामी लएिको
नगरेको केही छैन चोर्ने फोर्ने खेती
तरको मालिक विरालोले गर्नु गरे क्षति
बाँदरले बाँडी खान कहाँ जान्या छ र
माथिदेखि तलसम्म अन्यायको घर
यिनै ढुंगा यही माटो सक्दो कोपर्नु है
सके जति जन रस रगत निर्चोनु है
अँध्यारोमा बल्ने बत्ति तिमी निभाउनु है
डाँट्नुसम्म डाँट अझै केही नगर्नु है।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १२ – २०६७ माघ १८ गते, बुधबार)