~चट्याङमास्टर~
सृष्टिका मुख्य तीन शक्ति; ब्रह्मा, विष्णु, महेश्वर,
महेश्वर, विष्णु र ब्रह्मा, उल्टो क्रम यो चल्यो अब ।
महेश्वर प्रकट भए पहिले, गर्दै संहार खुब् क्षति,
विष्णु चाहिँ भए दोस्रै, धान्दै बाँकी बचेजति ।
अन्तिम परे कठै ब्रह्मा लाजैले कतै लुके होलान्,
सृष्टि खोई देखिँदैन, छन् कि ब्रह्मा मरे होलान् ?
(स्रोत : हिमाल खबर)