~कमला क्षेत्री ~
आफू बोलेको आफै नबुझ्ने बातको के काम भो
समयमै संविधान नदिने ६०१ सभासद् खातको के काम भो
कर्तव्य र दायित्वलाई बिर्सेर कुर्सी तान्न व्यस्त नेताहरु
मकैसम्म नरोपेर दिएको त्यो साथको के काम भो
सडक होस् या सदनमा कुर्सी मात्र देखेका छन्
कुर्सी मोहमा जाग्ने त्यो मातको के काम भो
दाजुले भाईलाई मार्ने नेपालीको कामै कस्तो
बन्दुक समाउने बम बारुद बनाउने हातको के काम भो
भोकमरीले सताएको बस्तीहरु देख्दैनन् कोही
मान्छे भोकले मरेपछि भातको के काम भो
हरियो वन नेपालको धन एकादेशको कथा भयो
नियम कानुन त मान्न छाडे लातको के काम भो
आफू बोलेको …..
समयमै संविधान….
(क्षेत्री, रक्तिम सांस्कृतिक अभियान नवलपरासीकी सचिव हुनुहुन्छ)
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३८ – २०६७ श्रावण २६ गते , बुधबार)