~विवेक अर्याल~
गगनमा रम्ने चरीसरी, आज म स्वतन्त्र छैन
प्रकृतिमा रम्छ चरी,पिंजडाको परिधिमा हैन
स्वर्गमा नन्दनमा हैन,लालीगुराँसको छायाँमा
शीतलव पर्छ सखारैको,किरण मन उद्यानमा !!
सौजन्य थियो प्रकृतिले दिएको, हृदयमा सजाए
हिमायत भयो,विलक्षण प्रतिभामा मै रमाए
समाजको त्यो दुगमा, काटे मैले राष्ट्रको नासिका
नवीनता छर्छन गाबैमा, बगलीमा छुरा भिरेका !!
उदयको नयाँ प्रतिभालाई, उत्सर्ग दिन्छ राष्ट्र
शाश्वततामा प्रचन्ड विद्रोह, श्रय दिइन्छ भ्रष्ट
गह्रौंपना लाग्छ मकन, आफ्नै जीवनपद्धतिमा
अन्तर्भावना बुझ्छ कसले ? हियाउ चल्छ पाखुरामा !!
मन चोर्थ्यो शैशवको, मितव्ययी उसको बाकले
अहिले त हिमांशुमा दाग लाग्छ, बाटो छेक्छ तुँवालोले
कशिपुमा चयन गर्छन गरिबले, आफ्नै झुपडीमा
दरबार देखे झुपडीको, मेरो परिश्रमी स्वप्नामा !!
तर पनि आज किन म, स्वतन्त्र हुन सकिन नी?
गगनमा रम्ने चरीसरी, स्वतन्त्र उड्न पाइन नी
बर्बणा नि स्वतन्त्र रम्छ, मलाई भनि गिजाउन
सुनको पिंजडामा कुवाको भ्यागुतो स्वतन्त्र छैन !!
नवलपरासी
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३८ – २०६७ श्रावण २६ गते , बुधबार)