~दानबहादुर थापा~
बाँचिरहोस् यो हाम्रो देश अखण्ड भएर
समृद्ध शालिन स्वतन्त्र नेपाल अटल रहेर
विरको रगत पोखेर यहाँ बनकेो नेपाल
प्रकृति भित्र सुन्दरता बोकी उठेको हिमाल
मेचीकाली तराई पहाड हिमालको काखमा
डाँफे र मुनाल बाँची नै रहुन नेपाली भाकामा
बाँचिरहोस् ……………………….
विद्युत र शिक्षा पुगोस गरीबको झुप्रामा
खुसी सँग बाँच्न सकुन् सुकुम्बासी बस्तीमा
अमर रहोस् नेपाली भूमि नेपालको ममत
जनता नै हुन यो नयाँ युगको अजर निर्माता
बाँचिरहोस् ……………………………
बाँचिरहोस् यो हाम्रो देश अखण्ड भएर
समृद्ध शालिन स्वतन्त्र नेपाल अटल रहेर
रचना/संगीत : दानबहादुर थापा
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक १० – २०६६ पौष २९ गते, बुधबार )