~पदम भण्डारी~
कोर्कोराउनु मात्र हुन्न, पोथी बास्न जरुरी छ
घरमुलीको नाममा उनको, फोटो टाँस्न जररी छ
महिला पुरुष एउटै रथका, दुईटा पाड्ग्रा भनेपछि
सभ्य समाज निर्माण गर्न, रुढी मास्न जरुरी छ
महिलालाई तिमी र तँ, पुरुषलाई हजुर तपाईं
समान भाषा नबोल्नेलाई, घरमै छास्न जरुरी छ
घरलाई स्वर्ग बनाउन, दुबैको हात उस्तै हुन्छ
महिलामाथि कामको बोझको, घेरा ताछ्न जरुरी छ
सभ्य परिवारमा छोरा, छोरी बीच भेद हुन्न
भाले पोथी रमाउँदै, प्रिति गाँस्न जरुरी छ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )