~शान्ति शर्मा~
रित्याएर मेरो मुटु तिमीले डेरा अन्तै सार्यौ
आफू बाँच्यौ मोजमस्तीमा रुने चैँ मलाई पार्यौ ।
आदर्शका कुरा गर्थ्यौ कहिलेकाहीँ भेट हुँदा
आजभोली भन्दा भन्दै आधा जीवन त्यसै टार्यौ ।
स्वर्णस्वप्न टुर्टाई दियौ जिर्ण मन बोकेकी छु
आफू गयौ समन्द्रपार जङ्घारमै मलाई झर्यौ ।
तिम्रा खातिर सुम्पिएको समय नै शून्य पारी
बिच बाटोमै छोड्न थियो प्रेम-डोरी किन नार्यौ ।
नियतीले ठगेपछि समयले नचाहाँदा
केके गर्ने मन्को धोको रहरजतिसबै मार्यौ
भरतपर- ४, नारायणगढ, चितवन ।
shantisharma46@yahoo.com