कथा : नियती

~ज्ञानमणि नेपाल~

केही समयदेखि उनी साह्रै चिन्तित देखिन्थे । उनलाई चिन्ताले सताउनुको कारण पनि थियो । घरमा श्रीमती आँखा देख्न सक्दैनथिन् । पाँच जना छोरीहरु दिनदिनै हुर्किदै थिए । तिनीहरुको लालन –पालन र शिक्षा–दिक्षा , अनि विहेबारीको चिन्ताले लालबहादुर चिन्तित् हुनु स्वभाविक थियो । लाग्दै थियो– छोराको आशामा पाँच छोरीहरुको जन्म हुनुले उनलाई अहिले पछुतो भईरहेको छ ।

जेठी छोरी १५ पुगेर १६ लाग्दै गर्दा उनको विहेको लागि आफन्तहरु कहाँ चाहार्दा – चाहार्दै थाकेका लालबहादुरलाई एउटा रामै्र ठाउँबाट कुरा आयो । ‘घरपरिवार जमिनदार छ , छोरीले काम गरेर खान सक्ने ठाउँ छ । नजिकै पनि छ । केटा चाहिं त्यति भरपर्दो छैन । तैपनि परिवार रामै्र छ ।’ – कुरा मिलाउनेको पुरै विश्वास लाग्यो लालबहादुरलाई । भर्खर १६ वर्ष मात्रै लागेकी जेठी छोरी सुन्तलीको बिहे गराउन हतार उनलाई आफन्तको कुरामा पुरै विश्वास थियो । तर पनि केटा र उसको घर नहेरी त कसरी निधो गर्ने ? सोचेर उनी एकपटक केटाको घर हेर्न जाने निर्णयमा पुगे ।

घर त ठीकै छ , परिवार पनि ठीकै होला । तर केटा..!? लालबहादुरलाई केही शंका लाग्यो । तैपनि जग्गा जमिन छ, कमाएर खान सक्छे , केहि फरक पर्दैन । अन्तिम निर्णय उनले यही गरे । केटा पक्षले पनि सहमती जनायो । अब केटी हेर्न जाने सल्लाह भयो । केटा–केटीलाई सँगै भेट गरायो भने कुरा विग्रन पनि सक्थ्यो । केटीले केटा मन पराइन भने के गर्ने ? शंकाको घेरामा रहेका उनीहरुले केटा–केटीको भेट नगराउने तर केटा पक्षका आफन्तहरु केटी हेर्न जाने निर्णयमा पुगे ।

सो निर्णय अनुसार नै केटा पक्षहरु केटी हेर्न लालबहादुरको घर गए । केटी त निकै चलाख रहिछे त । सानै उमेर भएपनि घर व्यवहार सबै धान्न सक्ने देखे केटा पक्षले । केटा–केटीको सामान्य देख भेट नगराई पनि सुन्तलीको विहे हुने निश्चित भयो । विवाहको साइत केही दिनमा निर्णय गरिने सल्लाहमा उनीहरु बिदा भए । जसको विहे उसैलाई देख्न नदे, भन्ने नेपाली उखान जस्तै थियो त्यहाँको अवस्था । जतिबेला सुन्तली र रनेको विवाहको कुरा छिनियो त्यतिबेला सम्म उनीहरु वीच एक अर्कामा देखभेटको त के आफूहरुमा विहे हुँदैछ भन्ने सम्म पनि थाहा थिएन । विहे हुने दश दिन अगाडि लालबहादुरले छोरीलाई यर्थाथ कुरा बताए ।

सुन्तली केही बोल्नै नसक्ने भई । भर्खर ६ कक्षा पढ्दै गरेकी र आफ्नो निर्णय राम्ररी घरपरिवारसँग राख्न पनि नसक्ने उमेरकी सुन्तलीका सामु बाबुको निर्णय काट्ने सामथ्र्य पनि त थिएन । कुनै प्रतिक्रिया जनाउन सकिनन् उनले । मौन समर्थन जनाए झैं गरिन् । साथी सँगीहरु सुन्तलीलाई जिस्क्याउने गर्थे विहेको विषयलाई लिएर । तर सुन्तली कुनै प्रतिक्रिया दिन सक्दिनथिन् । अवस्था पनि त्यस्तै थियो । मानौं बुबाले गरेको निर्णय उनका लागि त्यति स्विकार्य थिएन होला तैपनि अरु विकल्प पनि थिएन ।

विहेको दिन आयो, घरमा रमझम हुँदै थियो । सबै बिहेको रमाइलोमै झुमेका थिए । तर सुन्तलीको मन त्यसै–त्यसै उदास थियो । १६ वर्षको जन्मघर छोडेर नयाँ कर्म घर जाँदै गर्दा उनका मनमा धेरै कुराहरु खेलीरहे । नयाँ घर कस्तो होला ? जीवन साथी कस्तो होला, आदि–आदि । विहे सकियो । घरपरिवार त ठीकै लाग्यो । तर उसको कर्मघर सोचे भन्दा धेरै फरक थियो । रनेकी आमा विरामी थिइन् । उमेर उस्तै भएपनि रने सुन्तली भन्दा शारीरिक रुपमा कमजोर थियो । विग्रिएको रनेको घरलाई सपार्ने जिम्मेवारीबोध सुन्तलीमा छँदै थियो । त्यस माथी श्रीमान् रनेको रेखदेख र अन्य पारिवारिक बोझ ।

समय वित्दै गयो । विहे गरेको एक महिनापछि रनेकी आमाको मृत्यु भयो । त्यसपछि सुन्तलीलाई अझ पारिवारिक बोझ थपियो । घरपरिवार भित्रका हरेक उल्झनहरु सँग संघर्ष गर्नु पर्ने बाध्यता थियो, सुन्तलीलाई । तर १६ वर्षे उमेरमै सबै कुराहरुको बोझ थपिंदा उनलाई समाधानको बाटो पत्ता लगाउन पनि गाह्रै थियो । जसो तसो सकेको गर्नु र नयाँ कुराहरुको अनुभव लिनु सुन्तलीको जिन्दगीको अर्को पाटो थियो ।

उमेर सानै भएपनि बिहे गरेको २ वर्षमा सुन्तलीले छोरा जन्माइन् । नयाँ सदस्यको आगमनले केहि खुसी ल्याए पनि सुन्तली र रनेमा थप जिम्मेवारी थपियो । ८ कक्षामा पढ्दै गरेको रनेले घरपरिवारको बोझले गर्दा पढाई छोड्यो । सानै उमेरमा उनीहरुले जीवनको एउटा व्यवहारिक पक्ष अंगाल्न पूगे । समयको अन्तराल सँगै सुन्तली विस्तारै पुरै घरपरिवार संहाल्न सक्ने भइसकेकी थिई । अब घरमा के गर्ने के नगर्ने सबै कुराको निर्णय गर्न सक्ने भएकी थिई, सुन्तली ।

जन्मिएको छोरा एक वर्षको भएको हुनु पर्छ , सुन्तली अकस्मात विरामी भई । अनौठो व्यबहारले उसलाई के रोग लागेको हो भन्ने पत्ता लगाउन गाह्रो थियो । थरथर काँप्ने , नयाँ होस् वा पुरानो कोही मान्छे देख्नै नहुने , जे भेटायो त्यसैले मान्छेलाई आक्रमण गर्ने । आफ्नै कपाल बेस्सरी उखेल्ने , हातका औंलाहरु छिन्ने गरी टोक्ने आदि आदि अचम्मका लक्षणहरु देखिन थालेपछि घरपरिवार र छिमेकीहरु अचम्मित थिए ।

के भएको हो र उपचार के होला भनेर कसैले अनुमान गर्न पनि नसक्ने रोगले सुन्तलीलाई थला पार्याे । कसैले भूत लागेको त कसैले तन्त्र–मन्त्रको दोष देखाउन थाले । अप्रत्यासित रुपमा देखिएको यो समस्याले रनेको परिवार पनि चिन्तित थियो । के गर्ने के रनभुल्लमा पर्याे रने । उपचारको लागि धामी , झाँक्रीदेखि अस्पतालसम्म पुर्याइयो तर रोग पत्ता लागेन । विरामी भएको झण्डै २ महिनासम्म पनि रोग पत्ता नलागेको र उपचारमा समस्या भएपछि सुन्तली सुकेर दाउरा जस्तै भएकी थिई । उपचारका लागि धेरैतिर चहार्दा–चहार्दै के ले प्रभाव पार्याे कुन्नी , उनको अवस्थामा केही सुधार आयो । दिनमा २÷४ पटक सम्म बेहोस हुने सुन्तलीलाई हप्तामा १÷२ पटक मात्र त्यस्तो समस्या देखा पर्न थाल्यो । विस्तारै महिनामा २÷४ पटक यस्तो हुँदै करिव ६ महिनापछि पूर्णरुपमा निको भए जस्तै देखिन थाल्यो । रनेको परिवारमा यसपटक एउटा ठूलै दशा टरे जस्तै भयो । सुन्तलीको स्वास्थ्यमा सुधार आएपछि परिवार खुसी हुनु स्वभाविक पनि थियो ।

पूर्ण रुपमा ठीक नभएपनि विस्तारै ठीक हुने क्रममा थियो सुन्तलीको अवस्था । यही त हो घरपरिवारमा, एउटी महिलालाई घरको सबै घरव्यवहार धानेर सन्तान जन्माउने काम पनि प्रकृतीले नै सुम्पेको छ । सुन्तलीले बिहे गरेको ५ वर्षमा अर्को बच्चाको पनि आमा हुनु पर्याे । पहिलो बच्चा छोरा भए पनि दोस्रो वच्चा छोरी जन्माइन् उनले । अव त्यो घरमा परिवार संख्या पनि थपियो , जिम्मेवारी त पुरानै हो । सुन्तलीले आफ्ना २ वच्चा, श्रीमान् , देवर, नन्द , ससुरा र आफ्नो पनि रेखदेख गर्नु पर्ने । अझ कहिलेकाहीँ पुरानै व्यथा बल्झिने क्रम पनि छदैं थियो ।
आएका हरेक समस्याहरु सँग संघर्ष गर्न राम्ररी जानेकी सुन्तलीका २ वच्चाहरु करिव करिव हुर्किएका थिए । छोरा ८ वर्ष छोरी ५ वर्ष , विहे भएको पनि १० वर्ष भईसकेछ । उमेरले पनि २५ वर्ष पुगेर सुन्तली २६ वर्ष भर्खरै लागेकी थिइन् । कहिलेकाहिं देखिने पुरानो व्यथा पुनः बल्झियो उनलाई । पहिले भन्दा अझ अन्य लक्षणहरु थपिएर आएको पछिल्लो व्यथाले अलि अलि गर्दागर्दै विस्तारै सुन्तली थला पर्न थालिन् ।

अस्पताल जाँदा कुनै समस्या देखाउँदैन । घर आयो टाउको दुख्ने , रिंगटा लाग्ने, खाना खान मन नलाग्ने यस्तै यस्तै समस्याले गर्दा रनेको परिवारमा पुनः नराम्रो हुने लक्षण देखा पर्न थाल्यो । व्यथा शुरु भएदेखि धामीझाँक्री र अस्पताल धेरै धायो रनेले तर कुनै पनि शुभ संकेत देखिएन । अब के गर्ने के ? यस्तैमा एकदिन मध्यरात सुन्तलीलाई धेरै समस्या भयो । पुरै बेहोस, इन्तु न चिन्तु । अर्को अर्थमा भन्दा झण्डै सुन्तलीको अन्तिम अवस्था । छरछिमेकीहरु सबै जुटे ।

पुनः अस्पताल लैजाने निर्णय गरेर राति नै एम्बुलेन्स बोलाएर अस्पताल लगियो । इर्मजेज्सी वार्डमा राखेर उपचार गराईंदै गर्दा अस्पतालले “विरामीलाई कुनै पनि रोग लागेको छैन , भिटामिनको कमीले यस्तो भएको हो । घर लगे हुन्छ” भनेर जवाफ दियो । भोलिपल्ट केहि सुधार भएजस्तो देखियो पनि । आफन्तहरुले विरामीको यस्तो अवस्था छ , हामी घर लैजादैनौं । २ दिन अस्पतालमै राखेर उपचार गराइयोस् भनेर अनुरोध गरे । मुस्किलले अस्पतालले २ दिनको लागि भर्ना गरिदियो । बिहान होस् खुलेको विरामी अस्पतालकै वेडमा बेलुका पुनः बेहोस भयो ।

अब विरामीको अवस्था सुधार हुने सम्भावना धेरै कम देखियो । अस्पतालले अन्तिम अवस्थामा आएपछि तपाईको विरामीलाई त मेनेन्जाइटिस् (मस्तिष्क ज्वरो) भएछ भनेर रिपोर्ट थमाइदियो । अघिल्लो दिनमा केही नभएको बताउने अस्पतालले भोलिपल्ट विरामीलाई आइ.सि.यु.मा भर्ना गरायो । आइ.सि.यू. त बाहाना मात्र थियो , बिरामीको अन्तिम अवस्था भइसकेको थियो । तैपनि अस्पतालले महङ्गो चार्ज लाग्ने त्यो आइ.सि.यु.कक्षमा पूरै ३ दिन राख्यो ।

अस्पतालको चार्ज वढेर झण्डै एकलाख भन्दा वढी पुग्यो । सुन्तलीको अवस्थामा सुधार आउने संकेत पनि थिएन । विरामीको सास पनि छैन , धनको आश पनि छैन । रनेलाई यो अवस्थाले पिरोल्न सम्म पिरोल्यो । अस्पतालमा राखेको ३ दिनपछि सुन्तलीलाई पूर्णरुपमा मृत घोषित गरियो । अव के गर्ने , रनेको परिवारमा यस पटक ठूलो बज्रपात पर्याे । एकातिर पारिवारिक चिन्ता , अर्कोतिर श्रीमतीको मृत्यु र अस्पतालको खर्च । यसले रनेलाई केही सोच्नै नसक्ने बनाइदियो । अस्पतालले गरेको हेलचेक्र्याईं कै कारण एउटी २६ वर्षिय युवतीले अकालमै ज्यान गुमाउनु पर्याे ।

समयको क्रम या भनौं नियती , सुन्तली त मरेर गइहाली । दुर्दशा शुरुभयो उनका २ वच्चाहरुको । आफ्नी आमाको मृत्यु भएको ती वच्चाहरुलाई खवर दिइएको थिएन । आफूहरु स्कूल जाँदा आमालाई घरको ओछ्यानमा विरामी अवस्थामा देखेका उनीहरुलाई आमा विरामी भएर अस्पताल लगेको र केही समयपछि फर्केर आउँछिन् भन्ने खवर बताइएको छ । तर आफूलाई जन्म दिने आमालाई सधैंका लागि गुमाइ सकिएको उनीहरुलाई अहिलेसम्म पत्तो छैन । समयले दुःखा दिएको घाउ रनेको परिवारमा त्यही समयले नै निको बनाईदेला, रनेले अर्की सुन्तली विहे गर्ला । पहिलेको सुन्तलीको अभाव रनेका लागि पूरा होला तर ती बच्चाहरुका लागि आमाको माया अब सधैंका लागि क्षितिज पारिको विषय बनेर रहने छ ,जिन्दगीभरिका लागि ।

अचेल सुनिन्छ , सुन्तलीको मृत्यु भएको ६ महिना भयो । उसका बालक छोराछोरीहरु आमा कहिले आउनुहुन्छ भनेर सोधिरहन्छन् । अनि रनेलाई पनि घरबाट अर्को विवाह गर्ने दवाव आउन थालेको छ । रने अहिले यी दुबै विषयमा अनुत्तरित छ । छोराछोरीको प्रश्नको जवाफ र परिवारको दबावको लागि उसले दोस्रो विवाहको मनस्थिति बनाएको छ ।

(स्रोत : Onlinepatrika)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.