~उमा गौतम~
तिम्रो मेरो बासुरीको धुन मिल्यो क्यार
एक्लै बसी टोलाई हेर्ने जुन मिल्यो क्यार
मुस्कान दिन राजी छैनौ भन्ने कतै सुन्न पुगे
हास्न छुडी अथित सम्झी रुन मिल्यो क्यार
छैन रैछन संसारमा स्वाविमानीहरु कतै
सबैलाई स्वार्थी वादी हुन मिल्यो क्यार
झोक्राएछौ तिमी पनि म जस्तै आजकल
तिमीले मैले खाएको नुन मिल्यो क्यार
सानो ठोलो जात भनी समाजले छुट्याएथ्यो
एकै हुन आदेश भयो खुन मिल्यो क्यार
पिट्स्बर्ग, पेन्सलभेनिया, संयुक्त राज्य अमेरिका
(स्रोत : रचनाकारको ब्लगबाट सभार)