अनायास प्रेयसीको सवाल बद्लिँदैछ
बिना मेसै मेरो पनि जवाफ बद्लिँदैछ
कहाँ बसुँ दोधार भो आँखामा या मुटुमा
आँखा स-यो मुटुतिर विभाग बद्लिँदैछ
त्याग पनि माया नै हो पाउनु मात्र हैन
यो पूरानो शब्द शब्द किताब बद्लिँदैछ
के के गरी दिन बित्यो बयान हुन्थ्यो भेट्दा
बोलाए नि बोल्ने हैन स्वाभाव बद्लिँदैछ
खुल्ला केश चुल्ठो प-यो चुनाव आफ्नो आफ्नो
रंग बद्ल्यो , ढंग बद्ल्यो लिबास बद्लिँदैछ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )