कविता : म अनि मेरा बस्तीहरु

~तीर्थ संगम राई~Tirtha Sangam Rai

सुन्दैछु
पि्रयसीका एकाध बस्तीहरुमा
दोहोरी गीत नगाएको धेरै भो रे
रोधीघर पनि नधाएको धेरै भो रे
त्यहि भएर होला सायद
यु्वाहरु बिदेशीएको मात्र देख्छु
मरुभु्मीको वालुवामा मात्र भेट्छु ॥१॥

अफसोच
मेरो बिकट तर निकट बस्तीहरुमा
बिरह र बेदनाको चित्कार सुनिन्छ रे
झुटको खेति गर्ने जालहरु बुनिन्छ रे
त्यहि भएर होला सायद
जताततै लाशै लाशको थुप्रो देख्छु
सपनामा तिनै लाशको आत्मा भेट्छु ॥२॥

खै के भनौं
छिया छिया परेको त्यो मेरो बस्तीहरुमा
भाला खडा र तरवार बोक्नेहरु भेटिन्छ रे
जस्को गला रेटे पनि आफन्तकै रेटिन्छ रे
त्यहि भएर होला सायद
विह्वल अनि करुण पीडा र व्यथाहरु सुन्छु्
गाउ भरीका साईला माईला यतै तिर भेट्छु ॥३॥

हिजोआज
चिराचिरा धुजा धुजा परेको मेरो बस्तीहरुमा
बसाई सर्नेहरुको लस्कर बैराग्यहरु देखिन्छ रे
जता गए पनि निमुखा र असाय सेकिन्छ रे
सायद… अफसोच… बिडम्बना…॥यद्यपि॥
धर्ति उहि आकाश उहि उस्तै उस्तै देख्छु
कर्मले मर्मले ठगिएको नेपाली मात्र भेट्छु ॥४॥

~तीर्थ संगम राई
स्यामुना
लेटाङ्ग—७, मोरङ्ग
हाल—दोहा, कतार

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.