कविता : यस्तै छ यहाँ

~“जीवन्त” रुकु~Rukmani Satyal Bidari

विश्वाश भित्र धोका दिनेहरु भेटिन्छन् ,
आफ्नहरु नै पाराया भईदिन्छन् ।
जब दु:ख पर्छ आफुलाई ,
दुनियाँ सारा बिराना भईदिन्छन् ।।

हिजोको दिन भुल्छन यहाँ ,
आज मात्र देख्ने भेटिन्छन् ।
गुनको बदला यहाँ ,
बैगुनले तिर्नेहरु भेटिन्छन् ।।

अरुको दु:खमा मलम लगाउने भन्दा ,
नुन चुक लगाउने भेटिन्छन् ,
मर्दा मलामी जाने भन्दा ,
जन्ती जानेको लस्कार धेरै भेटिन्छन् ।।

२०१६-२-८
“जीवन्त ” रुकु

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.