कविता : स्वर्गीय कविताहरु

~उमेश राई ‘अकिञ्चन’~Umesh Rai Akinchan

नाराहरुका पछि
दौड्दै
आएका
जुलुसझैँ
कहाँ
हराए
निर्माणाधिन
क
वि
ता
हरु

कुनै गुरिल्लाको
खबरविहीन
प्रेयसी
पीडाका
जोनी वाकर पिएर
सोचमग्न
समुद्र
नीला
क
वि
ता

हृयार्म्बर्गरको
पसल छेउ
टाँगिएको
नाइट मार्केटको
सस्तो व्यानर
क
वि
ता

निरीह
हुनसक्छ
मान्छेको प्रेम
निम्नवर्गीय
बाटाका
रेखाचित्र
नेपाल बन्द जस्तो
क
वि
ता

सडकमा भेटिने
कुनै मोडलजस्ती
केटीको अनुहार
सम्झन खोजेर पनि
सकिन्न सम्झन
खोज्नर्ुपर्दछ
आँखाको अन्य ठेगानामा
क
वि
ता

कुनै लेखापालको
नमिलेको
दाल, चिनीको
खेस्रा हिसाब
वा
कुनै सम्भ्रान्त
व्यक्तिको डस्टबिनको
टिस्यु पेपर
फालिएर
आईपुगेको कविता
क
ब्र
स्था
न ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.