~राहुल पुन~
हिमालका चुलिहरूमा
पहाडका टाकुरीहरूमा
तराईका फाँटहरूमा
गाउँका पाखाहरूमा
शहरका गल्लीहरूमा
खरका झुपडीहरूमा
सुतेका वस्तीहरूमा
झुकेका पखेरीहरूमा
बिहानीको किरणसँगै
उज्यालोको संकेत गर्दै
चेतनाको संगीत भर्दै
बोलिरहेछ रानी चरी
गाइरहेछ दिलखोली
उसका बोलाईहरूमा,
गीत र नाँचहरूमा
उठ जाग जुनका
सन्देश पाइन्छ
भावनाहरूमा
परिवर्तन र बिद्रोहका
स्वर देखिन्छ
सुसेलीहरूमा
श्रम गर्ने, समाज बदल्ने
विचार छन्
त्यसैले
झुकेका र सुतेका बस्तीहरू
अवोध र झोक्रिएका जनहरू
शोषित र पीडित मनहरू
विस्तार विस्तार व्यूँझदैंछन्
सचेत र संगठित बन्दैछन्
अधिकार कर्तव्य खोज्दैछन्
तर, केही अल्छिहरू
नबुझेका र बुझ पचाएकाहरू
परिवर्तन विरोधीहरू
ढंुगाहरू वर्षाउँदैछन्
गुलेलीले हिर्काउँदैछन्
बन्दुक नै ताक्दैछन्
तैपनि रानीचरी
जगाइरहेछ, गीत गाइरहेछ
आफ्नै शुरमा बोलिरहेछ
न थाक्छ न हतारिन्छ
आफ्नो औकातले भ्याएसम्म
सुमधुर संगीत निकालिरहेछ
किनकि, उसको काम
उठाउनु जगाउनु
संगठित बनाउनु
अनि मुक्ति दिलाउनु हो
अलि सानो भए पनि
बेला–बेला एक्लिए पनि
शोषित र पीडित मनहरू
विस्तार विस्तार व्यूँझदैछन्
सचेत र संगठित बन्दैछन्
अधिकार कर्तव्य खोज्दैछन्
तर केही अल्छिहरू
नबुझेका र बुझ पचाएकाहरू
परिवर्तनविरोधीहरू
ढुंगाहरू वर्षाउँदैछन्
गुलेलीले हिर्काउँदैछन्
बन्दुक नै ताक्दैछन्
तैपनि रानीचरी
जगाइरहेछ गीत गाइरहेछ
आफ्नै शुरमा बोलिरहेछ
नथाक्छ न हतारिन्छ
आफ्नो औकातले भ्याएसम्म
सुमधुर संगीत निकालिरहेछ
बैरीहरूले लखेटे पनि
अनेकौं दुःखकष्ट झेलेपनि
उ निरन्तर लडिरहेछ
परिवर्तनको भाका निकालिरहेछ
बुझ्न, उठ्न र जुट्नको निम्ति
बेजोड आव्हान गरिरहेछ
आखिर,
इतिहास साक्षी बनेको छ
समयले सही सावित गरेकै छ
त्यही रानीचरीले
वैचारिक नेतृत्व गरेकै छ
पछि पछि सबै आउनु परेकै छ।
गुल्मी
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २६ – २०६८ जेष्ठ ०४ गते, बुधबार)