~हरि पौडेल ‘आत्रेय’~
पोखरीको किनारामा चार/पाँच वर्षे बालक बाबुसँगै बसेर माछालाई चारो छर्दै गरेको बालशुलभ क्रियाकलापको दृश्यले मेरो मनलाई तानिरहेको थियो । माछाले चारो टिप्दाको मनमोहक दृश्यप्रति ऊ बडो आनन्दित देखिन्थ्यो । पोखरीमा साना, ठूला, राता, सेता, जुङ्गे, झिङ्गे आदि माछाहरू चारो टिप्नमा यताउता सलबलाइरहेका थिए । छोराले बाबुसँग बाबा यी माछाको घर हो ? यिनको घर कस्तो हुन्छ ? ऊ त्यो सानो माछाको आमा अनि बाबा कुन हो ? यी माछालाई जाडो हुँदैन ? आदि आदि मार्मिक तथा रोचकप्रश्नहरूले मलाई कौतुहल जगाइरहेको थियो । बा पनि बालजिज्ञासाको तरङ्गलाई शान्त पार्ने कोसिस गर्दै थिए । माछा पनि भत्र्याक्भुत्रुक उप|mँदै चारोमा रमाउँदै थिए । भक्तपुरको यस सिद्ध पोखरीमा पुगेर यी माछाको दृश्य नहेरी र्फकने व्यक्ति सायदै होलान् ।
किनारको नजिकै केही जोडी परेवा पनि यताउति भुर्रभुर्र गर्दै बालकले छरेको चारोप्रति आशावादी देखिन्थे । ऊ परेवामाथि पनि केन्दि्रत भयो । बाबा यी परेवा पानीमा किन नगएका ? त्यहाँ गएर खाए त भैहाल्थ्यो नि, परेवा र माछा मिल्दैनन् बाबा ? वात्सल्य प्रेममा हराउँदै बाबु पनि हौसीहौसी छोराको उत्तर दिइरहेका थिए । मिल्छन् बाबु तर पानीको चारो माछाले र जमिनको चारो परेवाले मात्र खान्छन् । यिनीहरू एकअर्काका चारो खोसेर खाँदैनन् । प्रकृतिको कारणले पनि सक्दैनन् । यी शाश्वत प्रश्न-उत्तरहरूले मलाई नेपालको राजनीतिक क्रियाकलापको नमिठो याद दिलायो । प्राणीहरूको आ-आˆनो नियम तथा अनुशासनले मोहित बनायो तर बुजु्रक राजनीतिक पार्टी तथा नेताको व्यवहारले भने दिक्क । किनकि पानीको चारो माछाले र जमिनको चारो परेवाले खाए जस्तै जनताको अभिमतको चारो जुन पार्टीले प्राप्त गरेको छ उसैलाई निर्धक्क शासन चलाउन दिँदा हुँदैनथ्यो र ? प्राणीमा सर्वश्रेष्ठ हौँ भन्दैमा धैर्यको बाँधै तोडेर अर्काको चारो पनि खोस्नै पर्ने ?
-तनहँु, हालः काठमाडौँ