~अमर नेम्बाङ लिम्बू~
एउटा कञ्चन पहाडको शिरदेखि उब्जेको
त्यो सानो खोलोसँग सँगै
मनमा आएका पीर वेदनाहरूलाई पोख्दै
घन्टौँसम्म हिँडिरहेँ म ।
हिँड्दाहिँदै टाढा कतैतिरबाट
कसैले मलाई बोलाईरहेको जस्तो लाग्यो,
केही कुराले मेरो दाउराको फेरमा
तानीरहेको जस्तो लाग्यो,
सायद लेखमा जाने हावाले मलाई
तानीरहेको जस्तो लाग्यो।
त्यसैले त्यो सानो खोलोसँग छुट्टिएर
एउटा गोरेटो बाटोसँग सँगै
गयौँ हामी टाढाको बन बुट्यानसम्म
जहाँ बैजनी र रुमानी रंगको भुँइकुइरोले
अंगालो मारेर स्वागत गर्यो हामीलाई।
दिनभरि घूमिरह्यौँ हामी शान्ति र आनन्दसँग
तर एक्कासी शिकारी बाज जस्तै
आँधीको एउटा झोँका आएर
स्वात्त अपहरण गरेर लाग्यो भुँइकुइरोलाई
मनमनै भने मैले —
“शान्ति र आनन्दको आयु
ज्यादै छोटो हुँदोरहेछ ।“
न्यूयोर्क