~तुलसी पान्डे~
निर्दोष यी नयनले संसार, हेर्न देऊ,
नारीलाई दमन गर्ने नीति फेर्न देऊ।
कालो निमय कानुनलाई च्याति फाल्न देऊ,
नारीलाई छेक बाँध गर्ने किल्ला ढाल्न देऊ।
क्रान्तिकारी पदहरु अघि बढ्न देऊ,
यो देशको मुहार फेर्ने नीति ल्याउन देउ,।
जेट्किन, क्रुप्सकाया बन्न देउ पारीजात,
अघि बढ्नु देउ अब हटाउनलाई औसीको रात।
खाँचो परे काँधमाथि बन्दुक बोक्न सक्छौं,
मौका मिले सृजनाका फूल रोप्न सक्छौं।
मनभित्रका चाहनालाई फक्रिएर फुल्न देऊ
अति भयो अब हामीलाई यो संसार हेर्न देऊ।
ब्यगिदै ब्यगिंदै आकाशमा उड्न देऊ,
स्वतन्त्र पंक्षि सरी यो संसार हेर्न देऊ।
कुरीतीका काला घुम्टा च्याति फाल्न देऊ,
महिला मुक्ति आन्दोलनको गीत गाउन देऊ।
आँखा भित्र आगो बालि अघि बढ्न देऊ
अत्याचारको अन्त्य गर्दै संसार हेर्न देऊ।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक १४ – २०६६ फागुन ०५ गते बुधबार )