~ललिजन रावल~
कतातिर लाग्ने होला मैले त दोबाटो भेंटे
काटिएका खुट्टा सँगै आफुलाई लाटो भेंटे
बिहानसँगै निक्लेका हौं कता कता पुग्यो साँझ
रातलाई च्यात्न पनि आफैमा नै फाटो देंखे
रगत र पसिनाका कति-कति धारा बगे
तर रोई रहेको मेरो आफ्नै माटो भेंटे
पुरानो त्यो घाउ अब निको भैसक्यो होला
यस्तै सोंचेको थे तर भर्खर मात्र खाटो भेटे
रुपसँग सौन्दर्यको अभिमान छोड तिमी
जुन छ त्यति राम्रो तर त्यस्मा टाटो भेंटे।