~यादव देवकोटा~
हामीले नेपाली भाषाको रुपमा चिनेको भाषाले निकै लामो यात्रा पार गरेर आजको स्वरुपमा हामी सामु उपस्थित छ । नेपाली भाषाको विकास र निर्माण–विर्निमाणबारे पछिल्लो समय केही बौद्धिक बिर्मशहरु चलेका छन् ।
भूपाल दामुपालको दुल्लु शिलालेख आजसम्म प्राप्त नेपाली भाषाको सबैभन्दा पूरानो प्रमाण हो । विसं १०३८ तिर लेखिएको अनुमान गरिएको दुल्लु शिलालेख पछि समयक्रममा लेखिएका दर्जनौं शिलालेख, ताम्रपत्र, कागजातहरुले नेपाली भाषाको इतिहासको प्रमाणिक विकास क्रमलाई प्रष्ट्याउ‘छ । नेपाली भाषा र संस्कृतिस‘ग सम्बन्धित रहेर प्रकाशित पुस्तक र त्यसका तथ्यहरुको आधारमा यस आलेख मार्फत् नेपाली भाषाको विकासक्रमलाई सरसर्ती चित्रांकन गर्ने प्रयास गरिएको छ ।
नेपाल शब्द
अंग्रेज विद्धान सर जर्ज ग्रिएसनले ‘नेपाल’ र ‘नेवार’ दुवै शब्द उच्चारणको भिन्नताले अलग अलग शब्द भएपनि तिनको मूलशब्द एकै भएको लेखेका छन् ।
डा. स्टेफन कोर्नो र प्रोफेसर आर. एल. टर्नरले पनि ग्रिएसनकै लेखाईलाई समर्थन गरेका छन् । नेपालमा उतिबेला बसोवास रहेका ‘नेपार’ जातिको वस्तीको भारतको विहारस‘ग सिमा जोडिएको थियो ।
सिमा जोडिएका देशका जनताहरुको एकअर्काको देशमा ओहोरदोहोर हुने नै भयो । विहारका वासिन्दाबाट ‘नेपार’लाई ‘नेपाल’ उच्चारण गर्न थालेको बावुराम आचार्यले ‘हाम्रो राष्ट्रभाषा नेपाली’ पुस्तकमा उल्लेख गरेका छन् । आचार्यका अनुसार उत्तरी भारतका मौर्य सम्राट चन्द्रगुप्त मौर्य(इ.पू.३२१–२९७)का मन्त्री कौटिल्यको ‘अर्थशास्त्रम्’ नामक ‘वार्ता–ग्रन्थ’ मा नेपाल शब्द प्रयोग गरिएको छ । पहिलोपटक लिखितरुपमा ‘नेपाल’ शब्द उल्लेख भएको पाइएको कौटिल्यको सोही पुस्तकमा हो ।’
नेपाली भाषा
‘नेपाली–भाषा’ भारोपेली भाषा परिवारको सदस्य भाषा मानिन्छ । भारोपेली भाषाको सातौंबर्गमा पर्ने आर्य–इरानेली शाखाबाट संस्कृत, प्राकृत र अपभ्रंश हु‘दै आर्यभाषाको रुपमा विकसित भएर बाल्हिकी हु‘दै खश भाषामा परिष्कृत भयो । खश भाषा बोल्ने खश जातिको इतिहास खोज्दै जॉदा सिञ्जा(सिंजा), कुमाउ, गढवाल, काश्मिर–बाल्हिक, इरान र इराकको सिमानामा पर्ने खशिस्तान (Khuzistan) हु‘दै वेविलोनियाको कस्साइट साम्राज्यसम्म पुग्नुपर्ने देखिन्छ । पश्चिमोसियामा खशहरुलाई कस भनिन्थ्यो । कस शब्द कालान्तरमा खशको रुपमा उच्चारण हुन थालेको इतिहासकारहरुले उल्लेख गरेका छन् ।
इपू १८०० तिरै इरानमा कस जातिको उपस्थिती रहेको थियो । वेविलोनियाका प्रख्यात सम्राट हम्मुराबी (इपू १७९२–४९) का उत्तराधिकारी सम्सुलुना (इपू १७४९–१२) ले इ.पू १७२६ तिर दजला (Tigris) नदीको दोभान नजिकै दियाला भन्ने स्थानमा कसहरुको आक्रमणबाट राज्य जोगाउन सुरक्षा किल्ला बनाएको ‘खश जातिको इतिहास’मा बालकृष्ण पोखरेलले उल्लेख गरेका छन् ।
इपू १७०० तिर कसहरुले बेविलोनिया कब्जा गरेको र सॉढे पॉच शताब्दी शासन गरेको पाइन्छ । पश्चिमी इरानमा (इराकको सिमानेर) कसहरु बसोवास गरेको स्थानलाई अहिले पनि ‘खसिस्तान’ भनिन्छ । कसहरुले लडाइमा राज्य हारेपछि उनीहरु विस्तारै काश्मिर–बाल्हिक क्षेत्रतिर लागे । त्यहॉ पुगेपछि खश बर्गका आर्यहरुले इरानी भाषास‘ग नजिकको सम्बन्ध रहेको आङ्खनो पूरानो भाषामा मिसमास पारेर काश्मिर आसपास वोलिने अग्र्यावर्तीय आर्यहरुले बोल्ने ‘शौरसेनी’ उपवर्गको भाषा बोल्न थालेका थिए ।
यसरी पूरानो इरानेली भाषामा शौरसेनी उपवर्गको भाषा मिसिएर नयॉ खाले अपभ्रंस भाषाको विकास हुन थालेको थियो । त्यस्तो अपभ्रंस भाषा सतलज नदीदेखि भेरी नदी आसपासका पहाडी बस्तीहरुसम्म फैलिएको थियो । तिनै अपभ्रंस भाषामध्यको एउटा बोली ‘सेञ्जा’ (सिंजा) राज्यको राजधानी तथा आसपासमा बोल्न थालिएको थियो । अहिले बोलिने ‘नेपाली भाषा’को मूलरुप त्यही ‘सेञ्जाली–बोली’ नै भएको मानिन्छ । अहिलेको नेपाली भाषालाई ‘सेञ्जाली–बोली’ हु‘दै ‘खश–कुरा’ भनिन्थ्यो । कालान्तरमा त्यसले ‘पर्वते–बोली’, ‘गोरखा–भाषा’ हु‘दै ‘नेपाली भाषा’को रुप ग्रहण गर्न आईपुगेको छ ।
विकासक्रम
नेपाली भाषाको विकास क्रमलाई सिञ्जाली भाषा (विसं ११५० देखि १४५० सम्म), पर्वते भाषा (विसं १४५० देखि १८५० सम्म), गोरखाली भाषा (विसं १८५० देखि १९९० सम्म) र नेपाली भाषा (विसं १९९० पछि) को रुपमा विभाजित गर्ने गरिन्छ ।
नागराजले कर्णाली प्रदेशका पालहरुलाई पराजित गरि जुम्लाको सिञ्जालाई नयॉ राजधानी बनाइ पश्चिम नेपालमा स्थापना गरिएको राज्यलाई कसैले अपाडराज्य, कसैले खशशक्ति भनेको पाइन्छ । सेञ्जाको खास राजधानी जुम्लाको सेञ्जा (सिंजा)मा र हिउ‘दे राजधानी ‘दुर्लङघ्यनगर’ (दुल्लु) मा रहेको पुष्टि हुने गरि नागराजका छैटौं पुस्ताका उत्तराधिकारी क्राचल्लदेवले कुमाउ राज्य जितेपछि बालेश्वरका पुजारीको निम्ति बालेश्वर मन्दिरमा सिञ्जाली भाषामा लेखिदिएको ताम्रपत्रमा उल्लेख छ । खश साम्राज्यमा पहाडी खश समुदायको मातृभाषा, अरु जातिका लागि सम्पर्क भाषा, लेखापढीका लागि सरकारी भाषाको रुपमा प्रचलनमा रहेको भाषालाई राजधानी सिञ्जाको नामबाट सिञ्जाली भाषा भनेर चिनिन्थ्यो ।
गढवाल गोपेश्वरको अष्टधातुको त्रिशुल स्तम्भलेख, दुल्लुस्थित पृथ्वीमल्लको विसं १४१४ को किर्तिस्तम्भ, दुल्लु पादुकास्थानमा सउना कार्की र उनकी पत्नी साउका कक्र्यानीले बनाएको बौद्धस्तम्भ (धर्मस्तम्भ) र दुल्लु पादुकास्थानमै फेला परेको बीरस्तम्भ ‘खस–सिञ्जाली–पर्वते–गोरखा–नेपाली भाषा’को पुराना प्रमाणहरु हुन् ।
भूपाल दामुपालको दुल्लु शिलालेखलाई खश भाषाको सबैभन्दा पूरानो प्राप्त शिलालेखको रुपमा भाषा इतिहासका खोजकर्ताहरुले उल्लेख गरेका छन् । बालकृष्ण पोखरेलले ‘पॉच सय बर्ष’नामक पुस्तकमा पूर्णप्रकाश नेपाल ‘यात्री’बाट सौजन्य प्राप्त भएको भनेर भूपाल दामुपालको दुल्लु शिलालेखको अंश उल्लेख गरेका छन् ।
‘ओ…(मणि ?) पद्ये हुं । …दामुपाल भूपाल रेख भई । किष्णु अडैको भाई सउंपाल अडै सा (के) ९०३ ।’
पोखरेलले दुल्लु शिलालेख वि.सं १०३८ तिर लेखिएको अनुमान गरेका छन् । त्यसपछि खश लिपिमा लेखिएका केही प्रमुख शिलालेख, ताम्रपत्रहरुमा विसं १२८० को क्राचल्लदेवको कुमाउ वालेश्वर मन्दिरको ताम्रपत्र, हुम्ला जिल्लाको रेलिङ्ग गुम्वामा विसं १३१२ मा अशोकचल्लले लेखाएको ताम्रपत्र, १३१७ देखि १३२७ को बीचमा लेखिएको दैलेखको दुल्लुस्थित ज्वालाजी मन्दिरको उत्तरवर्ती खोलाको भीर (पादुकास्थान)मा प्राप्त सउना कार्की र साउका कक्र्यानीको देवल, आक्षज (अक्षय) मल्लको विसं १३३७ अछाम विनायकको पञ्चदेवल शिलालेख उल्लेख्य छ ।
राष्ट्रिय अभिलेखालयमा रहेको पञ्चदेवल शिलालेखमा लेखिएको छ–‘ओं स्वस्ति । आक्षज मल्लदेव सपरिवार चिरंजयतु । आत्मनिजित्तार्थे एकोतार सतपुरुष निमित्तार्थे जै राज प्रसाद करायो । शाके १२०९ । सुत्रधार नागदेव नाम कमायो ।’
खश भाषाका अन्य लेखोटहरुमा सिञ्जाका राजा आदित्य मल्लको विसं १३७८ को गोखाको लार्के हिमालको फेदी साम्दु गाउ‘मा रहेको ताघवाई गुम्वामा प्राप्त ताम्रपत्र, १३९४ मा सिञ्जाका राजा पुण्य मल्लले ताघभाई गुम्वाका लामाहरुलाई दिएको तामपत्र, १४५० को मेदिना बर्मा रउला र १४५३ को संसार बर्मा रउलाको शिलालेख, १५५५ को कार्वरिक विवोष शाहीको शिलालेख, १५५८ को भान शाहीको शिलालेख, सुरती शाहको १६८३ तिरको दानपत्र, जगतप्रकाश मल्लको १७२० को भडुवा कागज, प्रताप मल्लको १७२७ को रानीपोखरी शिलालेख, १७९६ को नरभूपाल शाहले मान्वुका रामु घलेलाई दिएको पत्र, १७९६ कै गोरखा–लमजुङ्ग सम्झौता, १७९८मा नरभूपाल शाहले ह्लोपा लामालाई गरिदिएको तामपत्र ‘खश–सिञ्जाली–पर्वते–गोरखा–नेपाली’ भाषामा लेखिएका प्रमाणहरु बिशेष उल्लेखनीय मानिन्छन् ।
सिञ्जातिरबाट बसाई सर्दै गण्डकी नदीको आसपास जम्मा भएका खश–आर्यहरुले ‘पर्वत’ नामको स्वतन्त्र एवं सार्वभौम सत्तासम्पन्न राज्य गठन गरे । सिञ्जाबाट सर्दै त्यो राज्यमा आएका खश–आर्यहरुले बोल्ने भाषा ‘सिञ्जाली बोली’ हुनु स्वाभाविक थियो । त्यहॉ पहिलेदेखि नै बसोबास गरिरहेका स्थानीय मगर, गुरुङ्ग, थकाली आदीले बोल्ने भाषाको र बोलीको प्रभाव र मिश्रण हुन गई पर्वत राज्य वरपर निकै मीठो बोलीको विकास हुन गयो (अहिले पनि पर्वत, गुल्मी, बागलुङ्गतिरका मानिसले बोल्ने बोलीलाई नेपालभरका मानिसहरुले मीठो लवज र लयका रुपमा सह्रनी गर्छन्) । त्यस बोलीलाई पर्वत बाहिरका मानिस या राज्यहरुले ‘पर्वते–बोली’को रुपमा सम्बोधन गर्न थाले । त्यही ‘पर्वते बोली’ बोल्ने पर्वत राज्यका नागरिकहरु आफ्नो बोली लिएर सुख–सुविधाको खोजीमा काठमाडौं उपत्यका पार गरेर ‘सिङ्गलेला–पर्वतमाला’सम्म फैलिएको बावुराम आचार्यले ‘नेपाली सांस्कृतिक परम्परा’ नामक पुस्तकमा उल्लेख गरेका छन् ।
यसरी ‘पर्वते–बोली’ विस्तार हु‘दै पूर्वी पहाडसम्म पुग्यो । एकअर्काको भाषा नजानेर अन्तरसम्वाद गर्न नसकेका पर्वते, ओल्लो–पल्लो किरॉतका बासिन्दाबीच पर्वते–बोली पुल बन्दै गयो । अर्को अर्थमा पर्वते–बोलीले रैथाने बोलीलाई नजानिदो गरि चेप्दै लग्यो र रैथाने बोली विस्थापन भएर खाली भएको ठाउ पर्वते–बोलीले अधिग्रहण ग¥यो । पर्वत र मगरातमा रहेका मगर, गुरुङ्गहरुले ‘सेञ्जाली’ तथा ‘पर्वते–बोली’लाई ‘खश–कुरा’ भन्ने गर्थे । काठमाडौं उपत्यका र वरपरका नेवारहरुले ‘खय–भा’ भन्ने गर्थे ।
पर्वतबाट कास्की क्षेत्रमा बसोवास गर्न आईपुगेका खश समुदायका आर्यहरुले ‘पर्वते–बोली’लाई अझैं परिष्कृत बनाए । त्यही बोलीलाई बोक्दै उनीहरु पूर्वतिर बसाई सर्दै पूर्व किरॉतसम्म फैलन पुगे । पर्वते–बोलीले नेपाली भाषाको परिचय प्राप्त गरि समयक्रममा भुटानसम्म नेपाली भाषी समुदायको विस्तार भएको पाइन्छ । सिञ्जा राज्यको फैलावट र विघटन, सिञ्जाबाट बनेका वाइसी–चौविसी राज्य र तिनको निमार्ण–पूर्ननिमार्ण, मानिसहरुको बसाईसराई र फैलावट स्थलको परिवर्तनका कारण खश–सिञ्जा संस्कृति घालमेल हुन गयो । प्यूठानदेखि लमजुङ्ग–तनहु‘सम्मका मगरात वस्तीहरुमा स–साना अनैको पहाडी राज्यहरुको उत्थान भयो, जो कालान्तरमा चौविसी राज्यका नामले प्रसिद्ध रहे ।
खसानमा पुरानो खश राज्य खण्डित भएर गयो । खशान अर्थात् जुम्ला राज्यलाई एघार राज्य र एघार पर्वतहरुले बनाएको ‘वाइस पाखा जुम्ला’ भन्ने गरिन्थ्यो र जुम्लाका नागरिकलाई ‘वाइस पख्याली’ भन्ने गरिएको जुम्लाका राजा सुर्दशन शाहको खश भाषामा लेखिएको विसं १८०२–०८को ताम्रपत्रलाई सन्र्दभ सामाग्री मानेर योगी नरहरिनाथले उल्लेख गरेका छन् । विसं १६९८ मा प्रताप मल्ले आङ्खना पिता लक्ष्मी नरसिंह मल्लाई वन्दी बनाई काजी भीम मल्लको सहयोगमा गद्दी हत्याएका थिए । नरदेव मायासिंह भन्ने ब्यक्तिको चुक्ली सुनेर प्रताप मल्ले काजी भीम मल्ललाई काट्न लगाए । भीम मल्लकी पत्नी सती जॉदा श्राप दिएको हुनाले ‘सतीले सरापेको देश’ भन्ने संस्कृति अझैं पनि जारी छ । तिनै प्रताप मल्लले कान्छा छोरा चक्रप्रतेन्द्र मल्लको शोकमा शोकाकुल भएकी रानीको चित्तशान्तिको लागि गाईजात्रा नामक सांस्कृतिक पर्वको शुरुवात गरेको इतिहासकारहरुले उल्लेख गरेका छन् ।
चौविसी राज्यको परिधिछेउ गण्डकी नदीको प्रस्रवण क्षेत्रमा अलग्गै नयॉ राज्यको पहिचानसहित गोरखा राज्य खडा भयो । पहाडी राज्यहरुमा खश, मगर, गुरुङ्ग, थकाली जातिहरु परस्परमा घुलमिल हु‘दा सामाजिक एवं सांस्कृतिक बिशिष्टताको मिलनबाट खश–भाषा वा पर्वते–वोली बोल्ने एउटा बिशिष्ट लडाका जातिको विकास भयो । जसले समयक्रममा ‘गोरखाली’ परिचय निमार्ण गरे । भाषाले गोरखा भाषाको परिचय बनायो ।
पृथ्वी नारायण शाहले गोरखा राज्य विस्तार अभियान चलाउदाको समयमा ‘नेपाल’ नामको छुट्टै राज्य अस्तितवमा थिएन । टुक्रा टुक्रा भएर विभाजित हरेक राज्यको आ–आङ्खनै पहिचान थियो । ‘नेपाल–खाल्डो’ भनिने काठमाडौं उपत्यकाका राज्यहरुको समेत आ–आङ्खनै नाम थियो । कान्तिपुर, पाटन, भक्तपुरलाई गोरखा राज्यले आफुमा समाहित गरेपछि पृथ्वी नारायणले गोरखा राज्यको नाम ‘नेपाल’ लेखाएर नेपाल राज्यको सग्लो अस्तित्व पुननवीकरण गरे र राजधानी गोरखाबाट काठमाडौं सारे । गोरखाबाट राज्य विस्तार गर्दै आएका राजा र उनको फौजलाई लामो समयसम्म गोरखाली राजा र गोरखाली फौजका नामले चिनिन्थ्यो । भारतमा उपनिवेश बनाउन आएको इष्ट इण्डिया कम्पनिका अंगे्रजहरुले नेपाललाई ‘गोर्खा’ कै रुपमा लिएको पाइन्छ । नालापानीमा नेपाली वीरयोद्धाहरुको सम्मानमा अगं्रेजले बनाएको शिलालेखमा समेत ‘ब्रेभ गोर्खा’ भन्ने शब्द लेखाएको पाइन्छ । उता अपराध या मारपिट गर्नेहलाई हात–खुट्टा पछाडी फर्काइ लट्ठीमा बॉधेर क्रुरतापूर्वक कुट्ने सजायलाई ‘गोर्खे–लौरो’को नामले चिनिन्थ्यो । भाषा भने ‘खश–भाषा’ या पर्वते–बोलीकै रुपमा प्रचलित थियो ।
विसं १९१३ मा राणा प्रधानमन्त्री जंग वहादुर कुवरले आफु र आङ्खनो परिवारलाई राजपुतनाबाट आएकोे ‘राणाजी’ घोषणा गरेको र त्यसैको सिको गरेर थापा, वस्नेत, कार्की आदी खश भारदारहरुले आफुलाई खश मान्न छाडेर बोलीलाई समेत ‘पर्वते–बोली’ भन्न थाले । यसरी देशभर राणाजी र भारदारहरुको तजविजीमा ‘पर्वते–बोली’ फस्टाउन थाल्यो । पर्वते बोली भनिने पर्वते भाषालाई लिपिबद्ध गर्न योगदान गर्नेहरुमा प्रेमनिधि पन्त, गंगाविष्णु ब्राह्मण, भानुदत्त (विसं १८३३ मा हितोपदेशको मित्रलभको पर्वते भाषामा अनुवाद गरेको), सुवानन्द दास, शक्तिबल्लभ अर्याल, उदयानन्द अर्याल, सुन्दरानन्द बॉडाको नाम प्रमुख रुपमा आउछ ।
पछि गएर मोतिराम भट्ट, भानुभक्त आचार्य, जयपृथ्वी बहादुर सिंह, डमरुवल्लभ पोखरेलहरुले ‘पर्वते–बोली’लाई ‘गोरखा–भाषा’का रुपमा चिनाउन थाले । समयक्रममा मानिसहरुले गोरखा भाषा र पर्वते बोलीलाई समानअर्थी शब्दको रुपमा समानान्तर तवरले प्रयोग गर्न थाले । गोरखा भाषालाई ‘देश–भाषा’का रुपमा समेत भन्न थालियो । डमरुवल्लभ पोखरेलले छापाखाना खोलेर ‘गोरखा–यन्त्रालय’ नाम राखे । मोतिराम भट्ट र साथीहरुले खोलेको छापाखानाको नाम ‘गोरखा–भारत जीवन छापाखाना’ नाम राखे । बझाङ्गी राजपरिवारका जय पृथ्वी बहादुर सिंहले ‘सत्यवादी पाठशाला’ खोले । सिं १९६७ मा हरिहर आ.दी.को ‘विद्या र गोर्खा भाषा’ भन्ने लेख प्रकाशित भयो । जय पृथ्वी बहादुरले विसं १९६९ मा ‘प्राकृत ब्याकरण’ छपाए । सोही सालमा हेमराज पाण्डेयको ‘चन्द्रिका : गोरखा भाषा ब्याकरण’ छापियो ।
१९७० मा विश्वमणि दिक्षिताचार्यको ‘गोरखा ब्याकरण बोध’, १९७६ मा सोमनाथ सिग्द्यालको ‘मध्यचन्द्रिका’ छापियो । मध्यचन्द्रिकालाई नेपाली भाषाको सर्वाधिक ग्राह्य ब्याकरणको रुपमा लिइन्छ । १९७० मा राममणि आदीको अध्यक्षतामा ‘गोरखा भाषा प्रकाशिनी समिति’ खोलियो । देशमा पाठशाला खुल्न थालेपछि पहाडमा संस्कृत र तराईमा हिन्दीमा पठनपाठन गराउने उर्दी जारी गरियो । १९७७ मा कृष्णप्रसाद अधिकारीको ‘मकैको खेती’ नामक पुस्तक छापियो । सो पुस्तकले निम्त्याएको परिघटना नेपाली साहित्यिक तथा राजनीतिक इतिहासमा ‘मकै पर्व’को रुपमा परिचित छ ।
विसं १९९० मा बालकृष्ण शमसेर (सम) अध्यक्ष भएपछि गोरखा भाषा प्रकाशिनी समतिको नाम फेरेर ‘नेपाली भाषा प्रकाशिनी समिति’ राखियो । सरकारले भाषालाई औपचारिक रुपमा ‘नेपाली भाषा’ नामाकरण ग¥यो ।
यद्यपि त्यसअघि नै विभिन्न पुस्तकहरुमा भाषालाई नेपाली भाषाको रुपमा परिभाषित गरिसकिएको थियो । १९९० भन्दा अघि नै एटनको ‘Grammer of the Nepali Language’ छापिएको डा. सूर्यमणि अधिकारीले ‘नेपाली भाषाको इतिहास (पृष्ठ ११८)मा उल्लेख गरेका छन् । चुडामणि उपाध्याय रेग्मीले ‘नेपाली भाषाको उत्पत्ति’ पुस्तक (पृष्ठ १८८–९३) मा विसं १९५४ तिर पादरी टर्नुवलले Nepali Grammer & English-Nepali, Nepali-English vocabulary भन्ने पुस्तक छपाएको, विसं १८८७÷८८ तिर आर एल टर्नरको ब्यत्पति शब्द सहितको २६ हजार शब्द भएको A comparative & Etymological Dictionary of Nepali Languages नामक पुस्तक प्रकाशित भएका र विसं १८८१ मा दार्जिलिङ्ग नेपालीहरुले ‘नेपाली साहित्य सम्मलेन’ गरेको उल्लेख गरेका छन् ।
विसं १९९१ देखि एसएलसी परीक्षा नेपालमै लिन थालियो । सोही साल सोमनाथ सिग्द्यँलको ‘लघुचन्द्रिका’ छापियो । १९९२ देखि परीक्षामा त्यही लघुचन्द्रिकाको नियम अनुसार शुद्धाशद्धि जॉच्ने नियम बनाइयो । १९९१ मै रुद्रराज पाण्डेको ‘रुपमति’ उपन्यास प्रकाशित भयो भने सोही साल फागुनमा सुब्बा ऋद्धि बहादुर मल्लको सम्पादकत्वमा ‘शारदा’ नामक साहित्यिक पत्रिकाको प्रकाशन शुरु भयो ।
२०१४ मा सरकारले विज्ञप्ति जारी गरेर माध्यामिक शिक्षाको माध्यम अनिवार्यरुपमा नेपालीमा भाषामा हुनुपर्ने ब्यावस्था गरेपछि नेपालका विभिन्न समुदायले बोल्ने मातुभाषा विस्तारै नेपाली भाषाको अनिवार्यताले थिचिन पुग्यो । २०१६ मा नेपालभरमा प्रा वि र निमावि मा नेपाली विषय अनिवार्य गरियो । राष्ट्रिय शिक्षा पद्धति २०२८ ले प्रावि देखि उच्चतहसम्म नेपाली भाषालाई शैक्षिक माध्यम बनाउने नीति जारी ग¥यो । विसं २०७० मा सेमेष्टर प्रणाली लागु भएक शैक्षिक डिग्रीहरुमा अंग्रेजीलाई शिक्षण र उत्तरलेखनको अनिवार्य भाषा बनाएर पहिले नेपाली भाषाको अनिवार्यताका कारण जसरी अरु मातृभाषा विस्थापित हु‘दै गयो त्यसै गरि नेपाली भाषा विस्थापन गर्ने प्रक्रिया अगाडी बढाइएको छ ।
सन्दर्भ सामाग्री:
१.जनकलाल शर्मा, नेपाली समाज एक अध्ययन
२.योगी नरहरीनाथ, इतिहास प्रकाश सम्पूर्ण भाग
३.डेनियल राइट, हिस्ट्रि अफ नेपाल
४.राहुल संस्कृतायन,मध्य एशियाको इतिहास
५.कक पेट्रीक, नेपाउल
६.बाबुराम आचार्य, हाम्रो राष्ट्र भाषा नेपाली
७.वालचन्द्र शर्मा, नेपालको एतिहासिक रुपरेखा
८. बालकृष्ण पोखरेल,पॉच सय बर्ष
९. दिनेशराज पन्त, गोरखाको इतिहास भाग १,२,३,४
१०.बावुराम आचार्य,नेपाली सांस्कृतिक परम्परा
११. डा.सूर्यमणि अधिकारी, नेपाली भाषाको इतिहास
१२.बालकृष्ण पोखरेल, खस जातिको इतिहास
१३.ज्ञानमणि नेपाल, नेपालको तथ्य इतिहास
१४.धनबज्र बज्राचार्य, कर्णाली प्रदेशको ऐतिहासिक रुपरेखा
१५.पूर्ण प्रकाश यात्री नेपाल, प्राचीन नेपाल
१६.दयाराम श्रेष्ठ, नेपाली साहित्यको इतिहास
(स्रोत : Nepalkatha)