गीत : मेरा सबै रात अब

~नरदेन रुम्बा~Norden Rumba_1

मेरा सबै रात अब मातहरु भए
जिन्दगिनै नबुझ्ने बातहरु भए
आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन२
सबै बास बेहोसिका बारातहरु गए
मेरा सबै रात अब…

संधै यो सडकमा म २ के के रोज्दै हिंड्छु
आफन्तको माझमा परिचय खोज्दै हिंड्छु
भुलेर बजार भरिका २ हजार बैंशहरु
म त आफैलाई हराई आफै खोज्दै हिंड्छु २
मेरा सबै रात अब …

कहिलेकाहीं बिर्सिएर २ आकाश खोज्दै हिंड्छु
भत्किएको मेरो पुरानो त्यो बास खोज्दै हिंड्छु
धेरै भयो अल्झेको २ यहाँ भिड भित्र
यिनै भिडमा जिन्दगीको आभाष खोज्दै हिंड्छु २
मेरा सबै रात अब……

शब्द: नोर्देन रुम्बा
संगीत: चन्दन लोम्जेल
स्वर: नारायण गोपाल

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.