~सुमन लम्साल~
प्रिय शासक !
म असरफ फयाद
तिम्रो हारेको युगमा जितेको सिपाही
जो तिम्रो हातबाट मृत्यु चाहन्छ ।
तिमी र मबीच अलिकति फरक छ ।
मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु
तिमीले रगतको रंगजस्तै देख्छौ
म आफ्नाको जीवनलाई धर्म भन्छु
तिमी अर्काको मृत्युलाई धर्म मान्छौ
म मृत्युको खबरले पनि निन्याउरो हुन जानिना
तिमी अमृत पिएर पनि हाास्न सकेनौ ।
अरु त सबै उस्तै हो
म पनि आध्यारो मन नपराउने मान्छे ।
कुरानमाथि हात राखेर यत्ति मात्र भनेको हुा
प्रेमको भाषा सजिलो हुन्छ
आध्यारोको रंग कालो हुन्छ
उज्यालो सबैभन्दा ठूलो धर्म हो
र सानो स्वरमा भनें
मलाइ पिाजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ
यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन ।
धन्य ! तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ
मेरो प्रिय शासक !
म तिम्रै हातबाट मृत्यु चाहन्छु ।
मेरो निन्याउरो अनुहार देखेर
तिमीलाई रिस नउठ्ला भन्ने पिरले
मैले रून बिर्सिदिएको धेरै भयो
बरू मलाई यत्ति पिर छ कि
म हाँसिदिए भने कतै तिमीले निसाना त चुकाउादैनौ ?
तिमीले कसरी मार्छौ त्यो तिम्रो मर्जी ।
झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ
अनि एक एक खुल्नेछन् आजसम्म थिचिएका गालाहरु
तरबारले हान्छौ भने भन ! कहाँनेर हान्छौ ?
यो सब तिम्रै अल्लाहले बनाएको शरीर हो
पानीमा डुबायौ भने
मेरै रगतको रंगजस्तो बनिदिन्छ नदी
गोली त कसरी चलाउाछौ ?
म मृत्युको काखमा पनि हाँसिराखेको हुनेछु
कसैलाई हान्न लगाउला
आखिर तिमी आफैंले मार्न नसक्ने मान्छेलाई किन मृत्युदण्ड सुनाउाछौ ?
नडराऊ !
मेरो प्रिय शासक !
यो मृत्यु म आफैंले चाहेको हुा ।
ए साँच्चि ! एउटा कुरा भन्नै छुटेछ
म तिम्रो देशभित्र
एक टुक्रा रोटीका लागि
लाइनको अन्तिममा बसेको एक शरणार्थी
धन्य तिमीले मलाई मार्ने वचन दियौ
नर्क छोडेर म मेरो देश जान पाउने भएा ।
तिम्रो भाषामा
म तिम्रै अल्लाले बनाएको एक मान्छे
म मरेर आजको इतिहासलाई जिउादो बनाउाछु
तिमी बाँचेर भोलिको वर्तमानलाई मारिराख्नु ।
ए ! मेरो युगको हारेको शासक !
आऊ मलाई मारिदेऊ म आफ्नै देश फर्कन चाहन्छु ।
(कविता लेखेका कारण मृत्युदण्डको सजाय सुनाइएका प्यालेस्टिनी कवि असरफ फयादमा समर्पित ।)
प्रकाशित: माघ २, २०७२
(स्रोत : कान्तिपुर – कोसेली)