~बिन्दू प्याकुरेल ‘लुना’~
हिजोको कथा अनी व्यथामा
फेरी आज खाडीका कथा अनी व्यथाहरु थपिएका छन्
मन ह्वार्र ह्वार्र बल्छ
मुटु जल्छ ।
जे सोचे मैले – हाम्ले त्यो भएन अहिले
यतिखेर मुलुकमा लोकतान्त्रिक कोपिला फूल्नू पर्ने हो
जनताहरु माली बनेर गोड्न पाउनु पर्ने हो
माली हलि बन्न त बनेका छन् तर बिदेशी मुलुकमा ।
हिजो भन्दा आज धेरै
यो (कु) संस्कार बेस्मारी मौलाउँदा
हाम्रो आफ्नोपन बौलाउँदोरैछ
आफ्नैले आफ्नालाई चिन्न नसक्ने वा नचाहने रोग हाम्लाई लाग्दैछ ।
त्यै भ र त हामि यो बादी र त्यो बादी भन्छौं
यो प्रदेश र त्यो प्रदेश भन्छौं
यो जात र त्यो जात भन्छौं
अनि आफू भासिने खाडल खन्छौं ।
हिजोका कथा अनी व्यथामा आजको कथा अनी व्यथा थपिदा
मन ह्वार्र ह्वार्र बल्छ मुटु जल्छ
ह्वार्र ह्वार्र बलेको मन जलेको मुटु बोकेर
ग्वाम्ल्याङ्ग अङ्गालो हाल्न मन लाग्छ हाम्रा नेतालाई ।।