~अभय कुमार~
अनु : किशोर नेपाल
पोखरीमा तैरिइरहेका सुनौला माछा
आकाशमा तैरिइरहेको अन्तरिक्ष यान जस्तो
ताजा फूलका सुगन्धहरू
प्रेमचरीको निश्वाससँग घोलिएर फैलिए जस्तो
धनकी देवी लक्ष्मी
युरोपेली महिलाको छद्म भेषमा उभिए जस्तो
आकाश चुम्दै छन्
केटाकेटीहरू झरनाको तालमा
उज्यालो र छायाँको मनोरञ्जक खेल घटित छन्
लताकुञ्जको छहारीमा
केवल आनन्दको फोहरा छुट्छ
मेरा हरित नसानसामा ।
Swapan Bagaincha
अभय कुमार (भारत)
(स्रोत : Nepalikalasahitya)