कविता : सूर्यमुखी

~रेसम विरही~

सूर्यमुखी फूल
अहा ! तिम्रो मुखमण्डलको सौन्दर्य
तिमी उम्रन्छौ माटोमा
फुल्छौ आकाशमा
झुक्छौ भुइातिर
फर्किएर सूर्यपट्टि
दण्डवत् गर्छौ हरदम

वाह ! सूर्यमुखी
वाह ! तिम्रो नतमस्तक सौन्दर्य

तिमी निहुरिनुको मुखमुद्रा नै साक्षी हो
शक्ति उपसनाको
तिम्रो सूर्यवन्दनाको मिजास
बेस्वादिलो सुवास
म हेरिरहन्छु जमिनबाटै

सौन्दर्यको लाचार अभिव्यक्ति
वाह ! सूर्यमुखी
वाह ! तिम्रो अभिशप्त सौन्दर्य ।

प्रकाशित: माघ २, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.