कविता : विसर्जनको दिशामा

~मिनबहादुर राना~

विदेशीले दिएको नारा बोकेर
देशले यत्रो गति लिइसकोको वेला
आफुलाई जनताको नेता भन्नेहरू
बेचेर देशको स्वाधिनता र स्वाभिमान
राता रात महलका मालिक भइरहेछन।

देखेर हाम्रो पानीको मुहान
लोभले लालचले, सुटुक्क उस्ले
र्‍याल चुहाउँदै मुख वाई रहेको छ
ज्ााति जातिहरूमा
क्षेत्र क्षेत्र हरूमा
साघुरो पर्खाल खडा गर्न उस्ले
मन चिन्ते गीत गाइरहेको छ।

यस्तै बेला
नसुनाउ कसैले
अनिकालले भोक भोकै मरेको,
सिमाना मिचिएका
विदेशी सेनाको ज्यादती
महंगी, बेरोजगारी बढेको
समचारका र्शीषकहरू
जहाँ देश नै सिंगैै मिचिदैछ
हाम्रो सिंगो भुमी नै गुमनाम हुदैंछ
वीर पुर्खाका सन्तानहरू भ्ाोक भोकै
अर्काको देश बचाउन
सहर्ष स्फूर्ति साथ खटिदैछ।
यो विषम घडीमा
कसले कसलाई खबरदारी गर्ने?
यहाँ
सत्तासिन र सत्ताका प्रत्यासीहरूको
छदम नाटकहरू च्लिरहने हो भने
यहाँ
किन जन्मनु पर्छ र
सिक्किमी लेन्डुप दोर्जेहरू?
यहाँ
किन जन्मनु पर्छ र
कास्मिरी राजा हरी सिहं?
यहाँ
किन राख्नु पर्छ र
नाङ्ले पसलमा देश बिक्रीको लागि?
जहाँ झारपात हरू पनि
देश बिसर्जनको दिशामा गए पछि 164

बुटवल

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २१ – २०६७ चैत्र ३० गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.