कविता : म प्रचन्ड हूँ

~शिरीष~

बाल्यकाल आफ्नो एक सपना झैँ सम्झन्छु
मन लाग्छ यि यादहरूलाई पछाडी नै छोड्न
तर मेरो वर्तमान हर दिन यिनलाई नै पुकार्छ
स्मरण भयो अब कि केही उत्तर छ यसमा खोज्न

राजसत्ता ढाल्ने प्रयासमा एककृत सब दलहरू
भूलेर अनेकता आफ्ना लक्ष्य र सिद्धन्तको
फूट आयो केही नै दिनमा जीतको फलस्वरुप
राष्ट्र र राष्ट्रहितमा अन्धकार बढ्दो भो

गरिबी बढ्दो, धनीको बढ्दो निरंकुशता
शासनको असामर्थ्यले पुकारदै थियो उनको हार
कुर्सीको लोभमा यिनी कुकुरझैँ लड्दथे
बचाउने कोही आओस भन्ने जनताको गुहार

जनताको पुकारमा निडर भइ हामी उठ्यौँ
प्रहारमा रगत बग्यो आतङ्ककारी नाम भयो
हकको आन्दोलनमा रगत बग्नेनैछ भन्दथ्यौँ
सबैतिर प्रसिद्ध हामी नाम जताततै रह्यो

आफ्नो राजको अन्त्य देखे पुराना दलहरूले
एक आखिरी मौकाको आशमा हामीसँग एक भए
सबैको निर्णय कि जनताको चुनाव होस्
त्यसैमा देखिनेछ मत जनताको जित्छ कसले

पुनर्जागरण, नेपालको नयाँ बिहानीमा
लोकतन्त्रको हकमा जनताले मत दिए
आज लाग्छ मेरो गौरव यही हो कि म को हूँ
ति लडाकू कामरेड, जसले प्रजाको मन जीते

(स्रोत : INLS – australia)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.