गीत : ऋतुहरूमा तिमी

~राजेन्द्र रिजाल~

ऋतुहरूमा तिमी हरियाली बसन्त हौ
नदीहरूमा तिमी हो पवित्र गंगा हौ

(निर्दोष छन् ती तिम्रा हत्केलाहरू
तर मायाले भरिएका छन् औलाहरू) २
पवित्र छन् तिम्रा लाजका गहना २
तर चाहनाले भिजेका छन् ओठहरू

हावाहरूमा तिमी शीतल पवन हौ
नदीहरूमा तिमी हो पवित्र गंगा हौ

(प्रकृतिले मलाई जन्म दिएकी
तिम्रो सिउँदोमा सिन्दुर भर्न) २
सरस्वतीले कलम थमाएकी २
तिम्रो सुन्दरताको सधैं बयान गर्न

फूलहरूमा तिमी कोमल गुलाब हौ
नदीहरूमा तिमी हो पवित्र गंगा हौ

रचना: राजेन्द्र रिजाल
सङ्गीत: राम थापा
स्वर: अरुण थापा

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

3 Responses to गीत : ऋतुहरूमा तिमी

  1. Sūrya Chapagain says:

    यस गीतका रचनाकार राजेन्द्र रिजाल हुन् ।

    • Editor says:

      सूर्य ज्यू, संशोधन गरेको छु । धन्यवाद तपाईंलाई सहि गीतकार औंल्याईदिनु भयो ।

    • Editor says:

      सूर्य ज्यू, संशोधन गरेको छु । धन्यवाद तपाईंलाई सहि गीतकार औंल्याईदिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.