~दिपा एवाई राई~
अली बाबा
के यो शहर तिम्रै हो ?
जताततै
आगोको ज्वलामुखी गई रहेको देख्दैछु
वरीपरी कैयैां
भुगर्भबाट
आगोको लप्का उम्लीएर
मुल्तानी माटोसँगसँगै
पुत पुताई
धुवा आकाशमा मडारीएर
रक्तीम साँझ बनेको रहेछ
त्रासदी !
तिम्रो शहरको प्रवेश द्वारमा छु
के म बुद्धदुतलाई
प्रवेश परिचय-पत्र
पेश गर्न आवश्यक छ ?
कोलाज पूर्ण भव्यताको
तिम्रो शहर सिमानमा
मृत आत्माहरु
लाल सेना भएर
सुरक्षा प्रहार दिदो रहेछ,
लज्जाको विशाल बजारमा
सबै भन्दा सस्तो
जीउदो मान्छे
विक्रीमा राखीएको सूचना पाटी छ ,
किन तिम्रो शहर मसानघाट हुँदैछ ?
बोन्साई !
न त हरीयो रुख छ
न त निर्मल वायु र जल नै ?
भन्दैछन्
यस शहरको अधिकृत रे ,ऊ !
मलाई प्रवेश निषेध छ,
नयाँ युगबोधले
मलाई तिम्रो शहरमा उभ्याएको छ
नयाँ समयको
नयाँ दिनको
नयाँ घामको
नयाँ उज्यालो फैलाउन,
कजार
मैले यो शहर भित्र प्रवेश गर्नु नै पर्छ,
त्यसैले
कलमको तोप रकेड् भित्र
विचारको वमहरु पड्काएर
तिम्रो ग्रेट वाल भत्काउदैछु,
दैख्दैछु
पश्चिम पट्टिको देब्रेपाटामा
गहिरोसँग पहिरो गएको छ
क्रमश:
तिम्रो शहरको
अग्लो पहाड सँगसँगै
अति गोप्य खजनाका गुफाहरु भत्कन्दैछन्,
अहाँ ! कति सुनौलो दिन
ती चोरेर लुकाईएका बहुमुल्य खजना
अब
सबै सबैले पाउने छन् ।।।
नोटः
अली बाबाः अली बाबालाई अरबीयन कथामा सरल र ईमानदरी पुरुषमान्छेको रुपमा ब्याख्या गरीएता पनि उसलाई नै चालीस चोरहरुको अगुवाई गर्ने पनि मानीएको पाईन्छ ।
बेान्साइः कुनै पनि अग्लो बोट विरुवाहरुलाई उसको सहि फैलावट र उंचाईमा बढ्न नदिई कलम काटेर राखीएको अवस्थाको रुप ।
कजारः (पुरा नाम गायस जुलीयस कजार) रोमको ईतिहासमा कजारलाई शक्तीशाली सैनीक कमान्डरको रुपले चिनीन्छ ।
(संखुवा समाज हङकङले आयोजना गरेको हङकङव्यापि प्रतियोगितात्मक कविता गोष्ठिमा प्रथम भएको कविता)
(स्रोत : Bagaicha)