या रुवाऊ या हँसाऊ मेरो प्यार तिमी हौ
दुख्दा मुटु निको पार्ने उपचार तिमी हौ
न भोक छ न प्यास छ खाली तिम्रै आश छ
बेहाल यो हालतको जिम्मेवार तिमी हौ
खेल धेरै खेल्नु पर्ने जिन्दगीमा जुवा झैँ
मेरो सारा खेल तिमी जीतहार तिमी हौ
दुनियाँमा हर चिज महँगो या सस्तो छ
मेरो लागि अनमोल उपहार तिमी हौ
किन हेर्नु ? फूल अब बाग बाग धाएर
फूल तिमी बास्ना तिमी र बहार तिमी हौ
30- 03-2010
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )