~ज्योतिराज अधिकारी~
म को हो ! म के हो
म म नै हो वा होइन
कि म भित्र अर्को म छ
कि म भित्र नै छैन म !
त्यो म लाई म
कसरी भनुं म
जब उ मेरो मान्दैन
आफै जिद्दी मेरो जान्दैन !
उ अर्कै सोच्छ
म अर्कै ठान्छ
म नियममा सोच्छु
उ प्रकृतिमा बाँच्छ !
म एक लेख्छु
उ दुई देख्छ
म कलमले लेख्छु
उ व्यवहारले भन्छ !
म कागजमा बिचार्छु
उ मस्तिस्कमा भन्छ
मेरो मानब सास फेर्छ
उसको मानब अकरणीय छ !
सम्झाउंदा मान्दैन
म अर्कै हु भन्छ
फेरी म रिसाउदा
उ सिथिल हुन्छ !
प्रश्नहरु राख्छ
कल्पनाहरु पस्किन्छ
निष्कर्ष मागिरहन्छ
उत्तर खोजिरहन्छ !
यो सबै मोह राख्ने
म बाट पाप गराउने
मलाई गिज्याउने
त्यो कुन म हो !
त्यहिँ खोज्न त्यो म
भागिरहेको हो कि
वा बच्नलाई म
उसबाट भागिरहेको हु !
मेरो जीवन पिडामा
दिलासा पनि दिन्छ
घाउ हुदा दुख्दा !
मलम पनि लगाउछ
रुँदा आँशु पनि रोक्छ
लड्दा सम्हालेर बोक्छ
खुसीमा घमण्डी बन्छ
सधै म नै हु भन्छ !
म सोच्दछु राम्रो गरौँ
सबै आफ्नो भनौं
सकुन्जेल सम्हालौ
आफुलाई राम्रो बनाऔं !
जीवन को सत्य
बताउन खोज्छ
एकदिन त पनि “मर्छस”,
पनि संकेत गर्छ !
पत्ताउन मन लाग्छ,
तर डर लाग्छ
जीवन त जीवन हो
भन्न मन लाग्छ !
को हो त त्यो अखिर
जसले श्वास चाल्छ
सबै देख्छ अनि सोच्छ
म भित्र भित्र बाटै बोल्छ !
के उही मेरो राम
अल्लाह, यशु या बुद्ध
के म हुँ म भित्र
ति सबै मेरा सुमित्र !
कहाँबाट म पाउछु
यी सक्ति देखन सबै
आनन्दलाई भोग्दीन
आतिन्छु दुख देख्छु जसै !
यी दुइ महरु को मिलन
नै हुनु पर्छ चैतन्य
यी महरु एक म हुदाँ नै
शान्ति होला सर्बत्र !
मिलन गार्हो छ,
मानव सदै ऊसबाट भाग्दछ
नाच्दछ फेरी भेट्दछ
म उसैको टाउकोमा बाँच्दछ !
2008 – Iowa, USA
(स्रोत : Weallnepali)