~आजाद अजनवी~
हाम्रो चिुसो चुल्होमाथि एकछाक त पाक्नैपर्छ
लुटाहालाई अब चाँढै घाँटीमा नै ङ्याक्नुपर्छ
गरीबका आँशु खुनमा होली खेल्नेजति
जालिहरूलाई एक एक गरी कन्चटमा ताक्न्ाुपर्छ
सामन्तलाई छैन कानुन पिधिने त शोषित नै हुन
गरिब पिध्ने कथित नियम भएजति च्यात्नुपर्छ
छैन स्वीकार्य शासन अब श्यालहरूको एकछिन
समातेर धुर्तहरू खाल्डोतिर फ्याँक्नुपर्छ।
कति बस्ने निरिह भै कि त बाँच्ने कि त मर्ने
अठोट गरि स्वाभिमानले हाम्रो मार्ग हाँक्नुपर्छ।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ११ – २०६६ माघ ०६ गते, बुधबार)