~शान्ता पन्त~
पूर्खाको त्यो अथक सपना आत्मले सम्भि्कराख,
पाला पुस्ता तरुणवयको जिन्दगी होस् राख।
नेपालीको अवनति भयो छैन राम्रो मुहार,
ए ! नेपाली युवक सब हो, झट्ट आँखा उघार।। १।।
सोचौं हामी सकल मनले देशमा फैलिएको ,
बाधा कस्तो भुवनभरीनै फैलने रोग जस्तो।
नासो हाम्रो समर्पण जो छैन केही सुधार,
ए ! नेपाली युवक सब हो, झट्ट आँखा उघार।। २।।
हाम्रा तारा जुन अरनिको बुद्धको देश एक,
माटो हाम्रो सुमनपथको मोहनी भाषभेष।
आक्रान्तै छौं अझ पनि यहाँ दुःखले वारपार,
ए ! नेपाली युवक सब हो, झट्ट आँखा उघार।। ३।।
हामीलाई हरपल छटा साथमा खेलिदिने,
दायाँवायाँ मुलुकहरु छन् दुःखमा बोलिदिने।
के हो ! यस्तो समय पनि यो भेलिएको असार,
ए ! नेपाली युवक सब हो, झट्ट आँखा उघार।। ४।।
आगो जस्तै दनदन गरी दन्कियो देश आज
भ्रष्टाकर्मी जति पनि सबै छेलिएर साधु माझ
ज्ञानको ताँदो लिइकन सबै दोषलाई उघार
ए ! नेपाली युवक सब हो। झट्ट आँखा उघार।। ५।।
माटोलाई पनि त ममता गर्नु पर्यो युवाले
धर्तीलाई ढकमक बनौं शान्तिको पालुवाले
जाग्नै पर्यो तरुणजतिको भावनामा सुधार
ए ! नेपाली युवक सब हो, झट्ट आँखा उघार।। ६।।
माला गाँसी युवक सबले ड्यासमा उत्रिएर
आऔं आजै सपुतहरु हौं होसमा सुधि्रए
प्यारो नेपाल सफल भनी बस्न होऔं तयार
ए ! नेपाली युवक सब हो, झट्ट आँखा उघार।। ७।।
उदिपुर–२, धिमिरे लमजुङ (हाल–कीर्तिपुर)
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २२ – २०६७ बैशाख ७ गते, बुधबार)