~विष्णुप्रसाद खनाल~
रक्षा गरौं सबै हामी राष्ट्रियता गणतन्त्र
संघीयता विरूद्धमा अभियान मूलमन्त्र
परिवर्तन स्वतन्त्रता माग गर्दै युगबोल्छ
संघीयता अशान्तिको विरूद्धमा युवाबोल्छ–२
मातृभूमि चिन्तित छ अशान्तिको खेलदेखि
संविधान अन्योलमा छ जिम्मेवार दलदेखि
सयौंथुँगा फूलहामी एउटै माला नेपाली हौं
संघीयता विरूद्धमा सारा हामी युवा जुटौं–२
को हिमाली, को मधेसी, को पहाडी, नेपाली हौं
नेपालीका छोराछोरी हामी एउटै रगत हौं
मातृभूमि टुक्राउने विरूद्धमा लड्नै पर्छ
किसान, मजदुर बुद्धिजीवी युवा हामी जुट्नै पर्छ–२
विश्वमा नै परिचित छ हाम्रँे देश हाम्रा वीर
इतिहास बताउँछ नेपालीको उच्चशिर
अपिल छ राष्ट्रप्रेमी दाजुभाई, दिदीबैनी
पूर्वदेखि पश्चिममा गुञ्जाउँछौं युवा ध्वनि –२
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १८ – २०६७ चैत्र ०९ गते, बुधबार)