~सुरेन्द्र रजौरा~
आमा! त्यो फेरि आयो।
धर्ति साराल हल्लाएर आयो
थरथर काप्दै आयो
आमा! त्यो फेरि आयो।
सारा नेपालीहरुलाई त्रासित
बनाउन आयो
कति सुन्दर
अनि
मनमोहक प्रकृतिलाई
विग्रार्न आयो
साथै
लोभ लाग्दो सुन्दर नेपाल
अझै धोस्त पार्न
आमा! त्यो फेरि आयो।
साना साना कम्पनले
पुगेन रे त्यसलाई
ठूला ठूला कम्पन
साथमा लिएर आयो
हजारौ घरबार विहिन पार्न
साँझ विहान नभनि
आमा! त्यो फेरि आयो।
बाकिँ छैनन केहि
नष्ट पारेर सारा
हरेर लग्यो सुन्दर प्रकृति
कुरुप पारेर लग्यो सारा बस्ती
छैनन केहि शेष बाकीँ
तर
पनि रोकिएन त्यो दुष्ट
अझै विनास पार्न
आमा! त्यो फेरि आयो।
यि दुष्ट सँग लड्ने
विगारेको सुन्दर सृजनाको
पुनः निर्माण गर्ने
हे आमा!
दिनुहोस् यि पाखुरीहरुमा शक्ति
नँया नेपाल निर्माण गर्न
हे आमा!
दिनुहोस् यि मस्तिकमा बुद्धि
आफ्ना दाजु भाई
दिदी बहिनीहरुको सहयोग गर्न
थाक्दैनन् यि पाखुरीहरु कहिले पनि
त्यसैले
हे आमा!
दिनुहोस् आशिष
गरिरहुँ सहयोग मेरा
नेपाली आफ्न्तहरुको जहिले पनि।।
(स्रोत : Nepalpati)