~मधु रिजाल~
देशको हाल के सोध्छौ, तिमीले छोड्दा जस्तै छ साथी
रोल्पा, रूकुम, कर्णाली, हुम्लाको दशा उस्तै छ साथी
जोती खाने हली दाईको सुखको दिन आ”को छैन
जोताईखाने मुखीयाको दमन त्यस्तै छ साथी
घैंटा फोड्दै हिंड्नेले नै आज धेरै पिउँदै हिंड्छन्
रोल्पा, रूकुम, कर्णाली, हुम्लाको दशा उस्तै छ साथी
गाउँ, शहर जुवा, तास मदिरामा मस्तै छ साथी
रोल्पा, रूकुम, कर्णाली, हुम्लाको दशा उस्तै छ साथी
म बुझ्छु खाडी मुलुक पुग्नु तिम्रो बाध्यता हो
हरेक युवालाई बेरोजगारी समस्याले कस्दै छ साथी
रोल्पा, रूकुम, कर्णाली, हुम्लाको दशा उस्तै छ साथी
त्याग तपस्या बलिदानी के के गरेनन् निमुखाले
तर उनको समस्या जस्ताको तस्तै छ साथी
रोल्पा, रूकुम, कर्णाली, हुम्लाको दशा उस्तै छ साथी
दाङ
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २३ – २०६८ बैशाख १४ गते, बुधबार )