संस्मरण : अन्तर्मनमा सगरमाथाको यात्रा

~जुनिता सुब्बा~Junita Subba

कुरो २००८/०९ सालको हो। एकदिन अचानक इमेल खोल्ने क्रममा एउटा इमेल पाँए ।सगरमाथा आरोहण सम्बन्धि थियो ।बास्तबमा त्यो इमेल पठाउने मान्छे को हो? कहाँ हुनु हुन्छ ? आज पनि मलाई थाहा छैन । S .w .नामले चिनिनु हुने उहाँ जो जहाँ हुनु भएपनि उहाको उत्प्रेरणा भने मेरो लागि जिबनको कोसे ढुङ्गो साबित भयो । म उहाँलाई हृदय देखि नै धन्यवाद भन्न चाहन्छु । त्यो दिन यस्तो लाग्यो मेरो मस्तिस्कमा एउटा घटना घट्यो । त्यसपछि म भित्र भित्रै एकाएक सगरमाथा आरोहण गर्ने अठोट गरे । किताबमा पढेका सगरमाथाको फेदी नाम्चे बजारको म कुनै दिन कल्पना मात्र गरेर चित बुझाएको थिँए। सायद म त्यो ठाउँ एकदिन जानेछु । सगरमाथा त धेरै परको कुरा हो। त्यो बच्चाको एउटा तरंगना थियो। तर बास्तबिकता होला भनेर मैले कैले पनि सोचेको थिएन किनकि हिमालय सम्बन्धि मेरो परिवारमा बहुत नुन्य ज्ञान थियो ।त्यति हुँदा हुदै पनि मेरो बाबाले जापानी सगरमाथा आरोही “जुन्को ताबेइ” (पहिलो महिला सगरमाथा आरोही ) को नाम बाट मेरो नाम “जुन्ता बिन” राखेको र बिध्यालय सम्म आई पुग्दा “जुनिता” मा परिणत भएको कहानी भने बाबाले मलाई सुनाउनु भएको थियो। यो कुरा खाली कल्पना मात्र थियो।मलाई यी कुराले कुनै प्रभाव भने परेको थिएन तर एकाएक अचानक कल्पना पनि नगरेको सगरमाथा आरोहण गर्ने मेरो सपनामा पनि नदेखेका कुराहरु ब्यबहारिक हुदै गर्दा मलाई सपना देख्नु पर्छ पुरा हुन्छ भन्ने ज्ञान सम्म थिएन।तर समय परिस्थितिले नजानिदो तरिकाले धकेलीरहेको अबस्थामा मलाई बाबाले भन्नु भएको कुराले भने झस्क्यौथ्यो।

मेरो तिब्र इच्छा हुँदाहुदै पनि यो कुरा भने परिवारलाई सुनाउन सकिन। किनकि उम्रिदै गरेको मेरा इच्छा टुसा नपलाउदै मर्ने धेरै कारण मैले देखेकी थिँए ।मेरो इच्छा पूर्ण बिरुवा रुपमा बिकसित नाभैन्जेल मैले कसैलाई भनिन । मलाई यस्तो लाग्थ्यो र त्यो निश्चित थियो ।मेरो सपनामा हौसला त कसैको हुदैन नै थियो । किनकि हिमाल चड्नु जानु भनेको मर्न जानु जस्तै हो रे । हामीले यस्तै सुनेको थियौं। र मेरी आमालाई धेरै जनाले फर्कदैन भनेर भन्न भ्याका पनि थिए रे म यात्राको क्रममा। पछि म फर्के पछि आमाले मलाई सुनाउनु भो। धेरै तिर ज्योतिसिलाई चिना पनि हेराउनु भएछ । तर म यति पूर्ण बिश्वासका साथ थिए की मैले आपनो अन्तरमन बाहेक अरुलाई ध्यान दिइन।यस्तो अवस्थाबाट मेरो भित्रि इच्छा बचाऊनलाई कतै उनीहरुको कुराले मलाई अबरुद्ध नगरोस ताकी म उम्रन नपाई तुहिनु परोस म यस्तै सोच्दथे।यसै बिचमा मैले मेरो एउटा मिल्ने साथीलाई सुनाए यहि मेरो सपना तर उसको प्रतिक्रिया नजाऊ नभन्ने सर्तमा । त्यसपछि उसले मलाई सकारात्मक उतर दियो त्यो सुनेर म आफै बहुत खुसि भए तर उसलाई के लाग्यो थाहा भएन। यो जति सजिलो सुनिन्छ, त्यति सजिलो कुरा होइन।मृतु सँग लगातार खेल्ने कुरा हो । बाँचिरहेको सुनौलो जिबन मृतुलाई सुम्पने कुरा हो। बाँच्नु र मर्नुको दोसाँझको फैसलामा नपुगी सपना बनाउनु अर्थ हुन्न। त्यहाँ सोचे जस्ता मिठा सपनाहरु छैनन् ।

भन्नु र गर्नुमा धेरै फरक हुन्छन धेरै जनाले सगरमाथा चडेको सुनिन्छ ।व्यथा सबैको उस्तै नै हो कसैले महसुस गरेर चेतनामा जमाउछन् कसैलाई एकछिनको थकान बिर्सी दिन्छन। क्षण क्षण मरेर एक एक किलोको जुत्ता लगातार चार दिन उचाल्दा हिड्दा हिड्दै आफुलाई पुरिने हिउँ का डरलाग्दो प्यालाहरु बीच गहुँगो जुत्तामा अल्झदा म सम्झना गर्छु दैब सधै साथमा थियो । म सगै हिडिरहेको मेरो शेर्पा साथी कराउदै थियो “दिदि उ यो थुम्को (हिउँ )आउछ छिटो हिड्नु ?” म भन्दै थिँए ” भाई तिमि जाऊ म एकछिन बिश्राम लिन्छु।” यो शब्द मृतुको सामना थियो । किनकि त्यो ठाउँ यस्तो थियो जति बेला जे पनि हुन सक्थ्यो ।त्यहाँ बचाउने दैब बाहेक अरु कोहि हुन सक्दैन ।तर जब मान्छेमा दैब (ईश्वर) आत्मा बल भएर आउछ त्यहाँ केहि पनि टिक्दैन रहेछ भन्ने त्यहि बिश्राममा अनुभूत गरिरहेको थिँए । मनमनै मृतु स्वीकार गरिरहदा यहिनै मेरो अन्तिम दिन रहेछ जस्तो पनि लग्यो । मैले सारा संसार भुले ति क्षणहरुमा ति क्षण हरुनै त्यस्तै थियो। चाहेर नचाहेर म मृतु स्वीकार गर्न बाध्य हुन्थे । हिडु भने खुट्टा उचाल्ने समाथ्य थिएन। म झाप्प कै नसोची जति बेला जुनसुकै ठाउँमा बिश्राम गर्थे । मेरो शिप कै नचले पछि मेरो शारीरिक तागतले हावा खाएपछि । यात्रामा जहाँ पायो त्यहि बिश्राम लिएर बस्न नमिल्ने कतिपय ठाउँहरु छन् । जसलाई जोखिम ठाउँहरुको रुपमा लिने गरेका छन् । कैले कहिँ हिड्दा हिड्दै जमिन फटिने र आँखाले नदेखिने गरिरा क्रिपासहरुको बाटो भएर हिड्नु पर्ने र ति फाटेका हिउँहरुमा भरेङ्ग राखिएको हुन्थ्यो । ति फलामका भरेङ्गहरु हिउँ बिलय हुदै आउदा उखेलिएर आउने डरले सधै मुटु कप्थ्यो । कठिन मार्गहरु तय गरिरहदा क्षण क्षण को मृतुको सामना गरिरहे झैँ लाग्दथ्यो । हिउँमा हिड्नलाई बिहानको समय लाई बिषेस उपयुक्त मानिन्छ ।

दिन छिपिदै जाँदा सुर्यको तापले हिउँ पग्लने हुँदा दिनको समयमा आरोहण गर्नु दस गुणा जोखिम हो । म़ सम्झना गर्छु मेरो साथमा हिड्ने शेर्पा भाई भन्दै थियो “दिदि बिहानको ११ बाजी सक्यो हामी चाडै अर्लिनु पर्छ । नत्र यहाँ जे पनि हुन सक्छ । छिटो गर्नु साथीहरु सबै शिबिरम़ा पुगी सके होला ” । मेरो कानमा यी कुराहरु अझै गुन्जिरहेछ । ति शब्दहरु मेरो लागि जिबन दीइरहेको जस्तो लाग्थ्यो र पुनः जोसमा हिड्थे केहि छिनलाई भए पनि तर अलिकति हिडे पछि फेरी उस्तै शरिरको तागतले कम गर्न छोडदथ्यो । पुन आत्मबल( दैब) को साहारा लिन पर्थ्यो । जति जति पटक मैले दैबको साहारा लिन पर्थ्यो जिबनलाई त्यतिनै पल्ट मृतुलाई सुम्पे झैँ लाग्थ्यो। सायद यी सबै कुराहरु म सँगै हिड्ने भाई वा अरु हिडीरहने आरोहीलाई थाहा नहुन पनि सक्छ। किनकि उनीहरु शारीरिक रुपमा बलिया भएका कारण मेरो मनमा जुन अनुभूति आइरहेकोथ्यो, त्यो उनीहरु सबैमा आउछ र आएको थियो ,म भन्न सक्दिन ।म शारीरिक रुपमा त्यति बलियो पक्कै थिएन र छैन पनि त्यै भएर त मैले घरमा सुनाउने आँट गरेको थिएन ।यति जान्द जान्दै किन उहाँहरु मलाई पठाऊन तयार हुन्थे र ? जिबन भन्दा त सगरमाथा ठुलो होइन नि । तर मेरो लागि ति दिनहरु कोसे ढुङ्गो साबित थियो ।।मेरो अन्तस्करण आकांक्षा धेरै चुलिएको पनि हुन सक्छ । मेरो चुचुरो चुम्ने उदेश्यले मलाई पुरै घेरेको थियो । म अरु कै पनि देख्दिन थिँए ।म मानसिक रुपमा जति बलियो थिँए शारीरिक रुपमा पक्कै थिएन ।साहसी कार्यहरुको लागि मानसिक ,शारीरिक र आर्थिक तिनै कुराको उतिकै महत्व हुन्छ ।म शारीरिक रुपमा केहि कमजोर भएकै कारण पनि आफुलाई आपनो परीक्षा दिन चाहन्थे।ताकी म कहाँ सम्म जीवनलाई अनुभूत गर्न सक्छु ।मेरो आत्मबलको परीक्षा लिने मौकाको रुपमा साहसी कार्यलाई चुनेकी थिँए ।आत्मबलको परीक्षा बहुत जोखिम अबस्थामा मात्र हुन्छ ,जुन हाम्रो कल्पना भन्दा नितान्त बाहिर हुन्छ ।

मैले ति कुराहरु अनुभूत गरेको छु । यो कुराहरुले मलाई निकै गहिराएको छ । स्वयं अनुभूतिहरुबाट जिबन आत्मबलमा रुपान्तरित कसरि हुदो रैछ भन्ने कुराको म अनुभूत गर्छु । जुन अनुभूत भएका कठिनाईहरुबाट मनमा असंख्य खुसीका मूल फुट्छ ।ति कुराहरुले मेरो जिबनमा सगरमाथाको चुचुरोमा पैला राख्नु भन्दा ठुलो महत्व राक्दछ।मैले सगरमाथाको चुचुरोमा पैला त राखे तर त्यो भन्दा ठुलो खुसि म त्यो जोखिम मोलेर थ्याच बस्न सृजाएको अबस्थाले दिएको छ। चुचुरोमा टेक्नुले भने मलाई खास अर्थ राखेन तर त्यो उदेश्यका लागि सृजित अबस्थाहरुबाट भने आज पनि मलाई जिउनमा सहज बनाएको छ ।जति कठिनाई पनि मलाई सहज लाग्नुमा ति सबै क्षणहरुका देन हुन् ।अझ यस्तो लाग्छ कठिनाई नै हुदैन । कठिन ठाने त्यो कठिन हुने हो ।नठाने त्यो कै पनि होइन । हामी भित्र एउटा मान्छे हुन्छ ,जब हामीमा त्यो प्रकट हुन्छ हामी स्वयं हामी रहदैनौ ।म स्वयं म रहदीन ।उतिबेलाको क्षण म महसुस गर्छु ,जुन बेला म हिडीरहेको थिए त्यो डरलाग्दो मृतु सह्य हिउँमा ,जतिबेला मेरो लखतरान शरीर बसमा थिएन ।त्यति बेला म नभएर म भित्रको साहास प्रकट थियो ।मैले उसैलाई शरीर सुम्पिए त्यो मृतु पर्यन्त थियो ।जसले मलाई जिउँदो राखि राख्यो र आज म यहाँ छु ।जिबनमा जब सारा इच्छा र विकल्पहरुको अन्त्य हुन्छ । त्यति बेला मात्र मान्छे भित्रको मान्छेको जन्म हुन्छ ।त्यो अजम्बरी मान्छेको जन्म मात्र सच्चा जिबन हो ।यसलाई ऋषि महर्षिहरु उन्मुक्तिको जिबन भन्छन ।

अर्को एउटा अनुभूति सामान्य कुरा पनि जिबनमा कति अमुल्य हुन्छ ।हामी माझ धेरै कुराहरु छन् प्राकृतिक वा अप्राकृतिक ।प्रकृति बाट धेरै कुराहरु पाएर पनि हामीले अनुसरण गर्न नसकेका वा हाम्रो ध्यान नगएका तर सामान्य आधुनिक मानब निर्मित बस्तुहरुमा हामी सर्बश्य देखेर रमाएका हामी मान्छेहरु अनि ति निर्मित कुराहरुबाट बन्चित हुनु पर्दा पिडा बोकेर धेरै दुखि हुने मान्छे पनि हामी बिच छौ । तर आफुले उपभोग गरिरहेका वा आफु सँग प्रकृतिले आजन्म दिएका बस्तुहरुको भने हामीलाई ज्ञान छैन । त्यस्तै एउटा अति सामान्य सदावहार कसैले दिन नपर्ने ,चोर्न नसक्ने ,किन्न नपर्ने , माग्न नपर्ने “हावा ” हामीलाई प्रकृतिले दिएको छ । हावाको लागि हामीले हिंसा गर्नु पर्दैन ।लडाई लड्नु पर्दैन ।भोको छु भनेर माग्नु पर्दैन । हावाले खेर पेट त नआघाउला तर हावाले हामीलाई जिबन दिएको छ ।हावा बिहिन हाम्रो पेट अघाएर भने हामी बच्न सक्दैनौ।हावाको महत्व मलाई कहिले अनुभूत भएको थिएन । जब ६००० मिटर उचाई भन्दा माथि जादै गर्दा अचानक बिस्तारै शारीर ढुलमुलिएका , हाम्रो शारीरिक तन्तुहरुले काम नगर्दै गएको लखतरान अबस्थामा महसुस गर्दा भने हिजो सम्म हावामा पौडीएको कुराले निकै सोचनीय बनायो।यस्तो लाग्दैथ्यो जहाँ हावाको उपस्थिति नहुँदा रक्त नालिहरु जाम हुदैछ ।शरीरका मासुहरू भारी हुदैछ ।हड्डीहरु थिङ्ग उभिएको बाँस जस्तो ।एउटा बिल्कुलै छुट्टै अनुभूति झन् माथि गयो आफु को हो? को हो ?जस्तो लाग्दै गरेको ।मान्छेहरु चार जस्तो लाग्ने । हिड्दै गरेका मान्छेहरु झुण्डी रहेको झैँ लाग्ने ,आखाँ अगाडी भएका मान्छे हरुलाई पनि टाडा टाडा भए झैँ लाग्ने छुँदा शरीरले महसुस नगर्ने र जुमर समातेर मुडा घसारे झैँ शारीर घर्सादै गर्दा यस्तो लग्यो सगरमाथाको टुप्पामा छुट्टै हावापानी छ जुन हवापनिले हामीलाई स्वास बिहिन उभिन सिकाउछ ।त्यो हो मृत्य । यस्तै अनुभूत हुदै थियो मैले बिल्कुल असहज महसुस गरिरहेको थिए र थ्याच बसे ।दिउँसै अन्धकार बने झैँ लाग्यो ।मलाई थाहा थिएन म मा हावाको कमि हुदैछ। थाहा पनि कसरि होस् म पहिलो चोटी यस्तो महसुस गरिरहेकी थिए ।सबै कुरा मेरो लागि नितान्त नौलो थियो सायद मृत्य आएपनि साथी ठाने जस्तै त्यो नौलो अनुभूतिको प्राक्टिकल यात्रामा म सबै कुराको नयाँपन देक्थे चाहे त्यो जस्तो सुकै जोखिम किन नहोस ।सायद म सँगै हिड्ने रिता भाइलाई यो कुराको ज्ञान थियो तर उसलाई पनि त के थाहा मैले कुन उचाइमा अक्सिजन लिनु पर्छ । कसैलाई आधार शिविर मै पनि अक्सिजन दिनु पर्थ्यो ।तै भएर होला उ अगि अगि म पछि पछि। अचानक म थ्याच बसेको देखेर भाइले सोध्यो “दिदि तपाइलाई अक्सिजन चाहियो हो ?” मैले भने “खै थाहा भएन , हात खुट्टा गलेर आयो! रिंगटा पनि लाग्दैछ, कै पत्तो पाउदिन खै के भा हो भाई !अगि सम्म त ठिक थियो”। भाईले तुरन्त भन्यो ” तपाइलाई अक्सिजन कम भो उ माथि तेश्रो शिबिर छ ,त्यहाँ अक्सिजन छ बिस्तारै जाऊ त्यहाँ सम्म” म केहि नबोली बसी रहे । त्यहाँ विकल्प कै थिएन बिस्तारै हिड्न बाहेक त्यहाँ बाट शिबिर त्यति धेरै टाडा थिएन हिड्नलाई ।जम्मा 1 किलो मिटर थियो होला ।म खुट्टा उठाउन खोजे चल्न नसक्ला झैँ भो तर पनि बिस्तारै हिडे । त्यो १ किलोमिटर बरफको ठाडो उकालो उक्लन मलाई करिब २ घण्टा लग्यो । साथमा पानि मै सँग थियो , जुस पनि भाइले दिदै गर्ने गर्थ्यो बेला बेला। घाम चर्केर लागेको थियो । रिता भाई सुनाउदै थियो उसलाई पनि आज कठिन भएको छ रे ।उसको पनि सगरमाथा आरोहण पहिला चोटी रहेछ । उसले भन्दै थियो तपाई टुप्पोमा पुग्नु भो भने म पनि भाग्यमानी हुन्थे ।किनकि हामीलाई अबसरनै दिदैन सगरमाथामा आरोहण भने पछि कम्पनीहरुले आपनो मान्छेलाई मात्र अवसर दिन्छ ।तपाई बिचैमा फर्कनु भो भने म जान पाऊदिन उसले भन्दै थियो । मैले उसको मनका भावना गुनासा सुन्दै हिडे ।उसको कुरा सुने पछि लाग्दै थियो अब भने झन् सफलताका साथ आरोहण गर्ने पर्छ । यहाँ मेरो मात्र हैन मलाई साथ दिन हिडेका भाई उसको पनि सपना छ । मलाई उर्जा भैरहेको थियो ।किनकि त्यहाँ जति पनि मान्छेहरुलाई लाग्दै थियो कि म सफल आरोहण गर्न सक्दिन होला । सत्य पनि थियो म शारीरिक रुममा निकै कमजोर भएको प्रस्ट थियो । त्यति मात्र हैन लांगटांग हिमाल आरोहण सम्बन्धि तालिम लिन जाँदा हिड्न नसकेर रोएको र साथीहरुले डोर्याएर हिडाएको र प्रशिक्षक हरुको प्रेमले मैले सबै जोखिम उठाएको सम्झना ताजा थियो ।तालिमका केहि साथीहरु त्यहाँ भेटिरहेको थिँए ।उनीहरु हाँस्दथे मात्र अनि तिमि सक्छौ ” गो ” भन्थे । तर मलाई मात्र थाहा थियो कि कति कठिनाई छ म भित्र भन्ने कुरा । मेरो हालत त्यस्तै थियो। यति हुँदा हुदै पनि अन्तर आवाजले भने सफलता चुमीरह्यो । म सगै हिड्ने भाईको सपना पनि जिम्मेवारी बन्दै थियो।यतिकैमा अब भने शिबिर नजिक-नजिक पुगेका थियौ ।दिनको १२ बजेको थियो । कति बेला अक्सिजन माक्स लगाउने अनि लामो स्वास फेर्छु भन्ने म आसमा थिए । लखतरान भएर हामी त्यहाँ पुग्यौ । सबभन्दा पहिलो काम अक्सिजनको माक्स लगाए । माक्स लगाएको केहि छिनमै रगतको नसाहरु चले झैँ लाग्यो । होसमा आए झैँ भयो। मलाई स्वर्ग पुगे झैँ लाग्यो । संसारको खुसि पाँए झैँ लाग्यो एक सिलिन्डर अक्सिजन । मलाई सामान्य अबस्थामा आउन केहि बेर लागेन १ घण्टा आराम पछि उही स्फूर्ति। मैले २ दिन अगाडी बिताएको जिबन सम्झे जहाँ हावा नै हावा थियो ।जहाँ मैले हामीले स्वासप्रश्वास गर्ने हावा को महत्व भए पनि महसुस भने गरेको थिएन । आखाँमा रसायो । र मन मनै हावाको नमन गरे । हिजो सम्म बिताएको दिन र त्यहाँ रहेको जिबन आज बितिरहेको पल सम्झे तुलना गरे ।त्यो संसार बिल्कुल फरक थियो।पृथिवी बाट अलगीएको जस्तो त्यो सुन्य संसार बहुत फरक थियो ।दुख पनि सुख पनि , खुसि पनि दुखि पनि । खुसि यस मानेमा लाग्थ्यो सबै नयाँ नयाँ अनुभव थियो ।हरेक कुरा नयाँ ज्ञान थियो । दु;ख यस मानेमा कि शारीरिक कठिनाई को चरम रुप थियो । कसैले लखतरान हुने गरे पिटे झैँ ,झुन्ड्याए झैँ रुन मन लाग्थ्यो । तर जे भए पनि अक्सिजन लिए पछि भने फेरी काठमाडौँ ओर्लने सपना बुने ।

अब प्रसङ्ग बदल्न चाहन्छु । आधुनीक औधोगिक अनाविक भाड्डीहरु,सुबिधका लागी निर्माण गरिरहेका आधुनिक प्रविधिहरु ,ठुला ठुला कार्बन उर्सर्जन कारखानाहरुका कारण बदलिदै गरेको हावापानि र पृथिवीमा प्राकृतिक बाताबरण माथि पारिएका प्रभावका कारण प्रलय ,बिलय,भयले जरा गाड्दै गैरहेको छ । दिनानु दिन प्राकृतिक संरचनाहरु भत्कदै ,खस्कदै गएको छ।यसका कारक तत्व हामिहरु नै हौ ।यो तपाई हामी सबैलाई थाहा छ ।मानब जतिको संरचना भएबाट मानब जातिलाई सामाजिक ,राजनैतिक ,आर्थिक ,धार्मिक ,सास्कृतिक रुपमा विकास गर्ने क्रममा प्राकृतिक संरचना बिथोलिनु ,प्रभाव देखिदै जानु ,भौगोलिक भू-धरातलमा असर पर्दै गैरहेको हामी देखिरहेका छौ । यो गम्भीर प्रश्न पनि हुदै गएको छ । समुद्री सतहमा जमिनहरुको डुबान र हिमालय क्षेत्रमा दिनानु दिन हिउँ पग्लेर रोडामा परिबर्तन हुनुले भौगोलिक रुपमा औधोगिक असर परेको साबित गरिरहनु पर्दैन । यी कारणहरुबाट त्यहि आसपासमा रहने जन-जिबनमा ठुलो मर्का खेपीरहनु परेको छ । साना-साना कुराहरुले ठुलो असर पर्ने हुँदा आज देखिएका साना असरले एक दिन भौगोलिक बिनासको इतिहास बनाउदैन भन्न सकिन्न ।आखिर हामीलाई चाहिने अति-आबश्यक बस्तुहरु प्रकृतिबाट नै उपलब्ध भएका छन्। उही उपलब्धिलाई हामी मानब जातिहरु विकासको नाउँमा प्रकृतिकै बिरुद्धमा जानी नजानी प्रयोग गरिरहेका पो छौँ कि सोच्न आवश्यक छ । विकास र आधुनिक प्रबिधि समाजका दुस्मन पक्कै पनि होइनन । बरु हामी मानब जातिलाई सर्ब -सुलब ,सुबिधा ,सु-सज्जित जिबन जिउनका लागि बनाइएका हुन् । तर जति विकास भए पनि प्रकृतिलाई चुनौती दिने हावाको परिकल्पना मान्छेले गर्न सक्दैन । पानीको स्वयं गुणको परिकल्पना ,भौगोलिक भू धरातलको परिकल्पना मान्छेले गर्न सक्दैन ।भएको धरातललाई विभिन्न आकार दिन सक्छ । सगरमाथा जस्तै आकारमा बनावटी हिउँको थुप्रो जम्मा गरेर मनमोहक दृश्य बन्न सक्छ तर सगरमाथा बन्न सक्दैन । त्यसैले प्राकृतिक स्वजन्म गुणलाई बिनास हुने कार्य गर्नाले प्रकृतिलाई होइन प्रकृतिमा बस्ने जनजिबनलाई भने तहस नहस पार्दछ । गरिबी मुलुक भएर होला नेपालले दक्षिणी सगरमाथा आधार शिबिर सम्म सडक यतायताको निर्माण नहुनुले सगरमाथाको ठुलो अस्थित्व बचेको छ ।

सायद धनि राष्ट्र भएको भए यातायात सुबिधा पुर्याई सक्थे होला । उही काम नेपालको सिमाना रहेको सगरमाथा को उतरि भाग चिनमा भने धुँवा, धुलो ,आधुनिक सडक यातायात,ठुला-ठुला औधोगिक भाड्डी कारखानाहरुबाट कार्बन उत्सर्जनको असरले पुरै छिमिके देस नेपालको हिमाली राज्यहरुमा असर पार्दै सगरमाथाको अस्थित्व माथि धावा बोलिरहेको छ । सगरमाथाको अस्थित्व लुटिरहेको छ। दिनानु हिउँ को मात्रा पग्लनु त्यसको कारक तत्व हो । त्यस्तै सगरमाथा आरोहणमा जानु हुने अरोहिहरुबाट फोहोर मैला उचिप तरिकाले व्यस्थापन नगर्नुले सगरमाथा जस्तो पबित्र स्थल दिनानु दिन फोहोर फाल्ने ठाउँ जस्तो बन्दै गएको छ।यी कुराहरु बेलैमा नसोच्नु दुर्घटना साबित हुने छ ।त्यस्तै छेमेकी मुलुक दक्षिण भारतको ठुला-ठुला औधोगिक भाड्डी कारखानाहरुबाट कार्बन उत्सर्जनको छिमेकि हिमालय राज्य नेपालमा सरासर परिरहेको असर नाङ्गो आखाँले देख्न सकिन्छ । यसरि शक्ति राष्ट्र हरुले आपनो महाशक्ति प्रदर्शन गर्दा हाम्रो जस्तो स्वच्छ, बिश्व चिनारी मुलुक नेपालको आस्थित्वलाई प्रतक्क्ष प्रभाव परेको छ ।चीनबाट सगरमाथा आरोहण गर्न केहि हकमा सजिलो भएको कारण धेरै आरोहिहरु चीनबाट आरोहण गरिरहेको छ ।चिनबाट सगरमाथा आरोहण गर्नुलाई दक्षिणी भाग नेपालबाट आरोहण गर्ने आरोहीहरु सँग तुलना गर्न नसकिने कुराहरु पनि छन् । यसरि सगरमाथाको अस्थित्वलाई नै चुनौती दिदै, पर्यटकहरुलाई आधार शिविरमा वा आधार शिबिर १ आधार शिबिर २ सम्म मोटर बाटो सुबिधा दिएर, भारतले बुद्ध भारतमा जन्मेको भन्दै पर्यटक भित्रयाउने काम गरे जस्तै चिन पनि पछि भने छैन ।

-जुनिता सुब्बा
संयुक्त राज्य अमेरिका
junitato7summits@gmail.com

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.