छोक : निचोरेर सुकाएको आकास

~अभि सुबेदी~Abhi Subedi

आकासबाट
धर्धरी
भक्कानो फोरेर रोएको
कानमा खसेपछि
वेगले भेट्न दौडेँ
पृथ्वी मेरो मोटरसाइकलको चक्कामा
पहिरन अल्झाएर

झन्डै नाङ्गिइन्
पानीजस्तै थ्याच्च बसिन्
म भिजेको सरि
मायाले टाँगिएँ र
एक निचरेर सुकाएको
हलुको आकास भएँ ।
****

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.